२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

विश्व बजारमा नेपाली कफीको उच्च माग, निर्यात भन्दा आयात बढी


१७ मंसिर २०८१, सोमबार  



अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी माग अधिक छ ।स्वाद र गुणस्तरको हिसाबले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी माग भएको हो । माग उच्च भएकाले नेपाली कफीले उचित मूल्य पनि पाउने गरेको छ।

तर, नेपाली कफीको उत्पादन अपेक्षाकृत छैन । अन्तर्राष्ट्रिय बजार राम्रो भएपनि नेपालले निर्यात भन्दा आयात बढी गर्नुपर्न विडम्बना छ।

सरकारी तथ्यांक अनुसार नेपालले निर्यात भन्दा तेब्बर बढी कफी आयात गरेको देखिन्छ। भन्सार विभागको तथ्यांकले देखाए अनुसार स्वदेशमा उत्पादनले आन्तरिक बजारको माग धान्न नसकेपछि वर्षेनी करौडौं रुपैयाँको कफी विदेशबाट आयात गर्नुपरेको हो ।

यही चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याँकलाई केलाउँदा नेपालले ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ बराबरको कफि आयात गरेको देखिन्छ।, भने३ करोड ३५ लाख २५ हजार रुपैयाँ निर्यात गरेको छ ।

गआएको र्थिक वर्ष २०८०÷०८१ मा नेपालले बाहिरी मुलुकबाट ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात गरेको छ । यस वर्ष नेपालबाट ८९ मेट्रिक टन कफी निर्यात भएको थियो । गएको आर्थिक वर्षमा नेपालले निर्यातको तुलनामा झन्डै ५ गुणा बढी कफी आयात गरेको विभागको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७९÷०८० मा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको कफी आयात भएको थियो। यही वर्ष नेपालले १३ करोड चार लाख बराबरको ७७।८६ मेट्रिक टन कफी निर्यात गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २७९।८६ मेट्रिक टन कफी आयात भएको थियो। उक्त वर्ष नेपालले ११ करोड ७० लाख ८५ हजार रुपैयाँ बराबरको ६९।५१ मेट्रिक टन कफी निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपालले ९ करोड ६० लाख रुपैयाँ बराबरको ७२।४८ मेट्रिक टन कफी निर्यात गरेर १० करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको १९८।७६ मेट्रिक टन कफी आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।त्यसैगरी, आर्थिक वर्ष २०७६र७७ मा नेपालले ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको ४६।८० मेट्रिक टन कफी निर्यात गरेको थियो । सोही वर्ष अन्य देशबाट ११ करोड ८८ लाख ४९ हजार रुपैयाँ बराबरको २६६।१७ मेट्रिक टन कफी आयात गर्यो ।

नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग र राम्रो मूल्य पाउँदा समेत निर्यात कमजोर हुँदा बैदेशिक व्यापार घाटामा कमी आउन सकेको छैन । बोर्डका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार हालसम्मको तथ्यांकलाई हेर्ने हो भने करिब ४४ सय हेक्टरमा कफी खेती विस्तार भएको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको छ । कुल उत्पादनको करीब १७ प्रतिशत हाराहारी मात्र कफी विदेश निर्यात हुने गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नेपालको आन्तरिक बजारमा प्रत्येक वर्षे न्यूनतम २२०० मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको छ । आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था रहेको बोर्डका कार्यकारी निर्देशक बेनु प्रसाद प्रसाईं बताउँछन् ।

आर्थिक वर्ष २०७६÷७७ मा २३६० हेक्टर जमिनमा कफी खेति हुँदै आएकोमा आर्थिक वर्ष २०८०÷८१ मा ४३०९ हेक्टर पुगेको छ । उत्पादन बढे पनि माग पनि बढ्दै गएकोले आयात बढिरहेको बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा २३६० हेक्टर जमिनमा कफी खेति हुँदै आएकोमा आर्थिक वर्ष २०८०÷८१ मा ४३०९ हेक्टर पुगेको छ । उत्पादन बढे पनि माग पनि बढ्दै गएकोले आयात बढिरहेको बोर्डले जनाएको छ ।

कफीको मूल्य वर्षेनी बढ्दै आइरहेको छ । चालु आर्थिक २०८१÷०८२ को लागि कफीको न्यूनतम सहमत मूल्य तोकिएको छ । २०८१ मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकिएको हो ।जस अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ तोकिएको छ ।बोर्डका अनुसार ८०० मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ग्रेड ए मानिन्छ ।

त्यसैगरी ग्रेड बिको कफीको मूल्य प्रति केजी ९५ रुपैयाँ तोकिएको छ ।त्यस्तै पार्चमेन्ट कफी ग्रेड ए को मूल्य प्रतिकेजी ५३५ तोकिएको छ । ग्रेड एमा गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ए मानिनेछ ।

ग्रेड बी को मूल्य प्रतिकेजी ४८२ रुपैयाँ तोकिएको छ । ड्राइ चेरी कफी ग्रेड ए को प्रतिकेजी २८० रुपैयाँ र ग्रेड बीको २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित