राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछाने पुनः पक्राउ परेका छन् ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीको निजी निवास बुढानिलकण्ठमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका रवीलाई आज नै रुपन्देही लैजाने तयारी समेत थालिएको छ ।
पक्राउ पर्नुअघि रविले भनेका थिए, “आजै गिरफ्तारी दिन्छु।”
प्रहरी पक्राउ गर्न निवासमा नै पुगेपछि सभापति लामिछानेले आफुले गिरफ्तारी दिने बताएका थिए ।
सम्मानित अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बताएक उनले आफुलाई ठूलो अन्याय भएको समेत दुखेसो गरेका छन् ।
उनले समाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ ।
“सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठूलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।”