३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्न थाल्याे, खसी-बाेका


२० आश्विन २०८१, आइतबार  


सरकारी संस्थान खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आईतबार (आज)देखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ।

कम्पनीले प्रतिकिलाे खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकिलाे ६६० रुपियाँ बिक्री खुुला गरेको हो। यस्तै च्याङ्ग्रा प्रतिकिलाे एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन्। हेटौँडाबाट पहिलो लटमा२०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाइ छ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याईएको छ। चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसी-बोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन्। दशंँमा ठुूलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरि उपत्यका ल्याएर बिक्री गर्छन्।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित