३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

५ रुपैयाँको नयाँ नोट आजदेखि बजारमा


२ बैशाख २०८२, मंगलबार  


नेपाल राष्ट्र बैकले ५ रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ

। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा, न. ०००००१ देखि ९९९९९९ सम्मको नोट आज वैशाख २ गतेदेखि प्रचलनमा ल्याएको हो।

उक्त नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।

नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा “वि।सं। २०८१” लेखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित