२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

राष्ट्र बैंकले तिरायो, स्टयाण्डर्ड चार्टर्ड बैंकलाई १५ करोड जरिवाना


१९ बैशाख २०८२, शुक्रबार  


नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अटेरी गर्ने स्टयाण्डर्ड चार्टर्ड बैंक कारबाहीमा परेको छ। आफ्नो निर्देशन नमानेको भन्दै केन्द्रीय बैंकले स्टयाण्डर्ड चार्टर्ड बैंकलाई कारबाही गरेको हो ।

आर्थिक वर्ष २०८१८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्त–सम्मको अवधिमा बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको कारण स्ट्यानडर्ड बैंक कारबाहीमा परेको हो । नेपाल राष्ट्र बैंकले कुल १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ ८७ पैसा जरिवाना तिराएको छ ।

यस अवधिसम्म बैंकले कृषिमा १०.९५, जलविद्युत वा ऊर्जा क्षेत्रमा ५.९५ प्रतिशत र साना तथा मझौला उद्योगमा ३.९८ प्रतिशतमात्र कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित