सत्ताका सञ्चालकहरूलाई आफ्नै प्रहरी अधिकृतसंग भय र त्रास छ।राजकीय पदमा बसेर यसरी डराउनुकाे कारण हाे, जुनसुकै बेला पनि गिरफ्तारीमा पर्न सक्ने खतरा ।तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे पालामा २०८० चैतमा नक्कली भुटानी शरणार्थी प्रकरणकाे फाईल खाेलियाे।नेपाली नागरिकलाई नक्कली बनाएर अमेरिका पठाउने मानव तस्करी धन्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँण,एमाले सचिव टाेपबहादुर रायमाझी र बहालवाला गृहसचिव टेकनारायण पाण्डेसहितका मानिसहरू समातिए । बालकृष्ण खाँण शक्ति दबाब र प्रभावमा ३० लाख धराैटीमा छुटे।अन्य प्रहरी खाेरमै छन ।

सम्भवत: नेपालकाे इतिहासमा पूर्व गृहमन्त्रीसहित बहालवाला गृहसचिवलाई पक्राउ गरि खाेरमा पुराएकाे पहिलो हुन सक्छ। यति आँट र साहस गर्ने खास पात्र थिए, तत्कालीन एसएसपी डाक्टर मनाेज केसी र दानबहादुर कार्की ।हाल प्रहरी नायव महानिरीक्षक रहेका डाक्टर मनाेज केसी २०८० भदौ ४ गते सरूवा गरिएका थिए।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका उनलाई गृहले सरूवा गरेको थियोे ।काठमाडौ जिल्ला प्रहरी परिसरका प्रमुखमा रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाइएको थियोे । यी दुबै अपराध अनुसन्धानमा काबिल प्रहरी अधिकृत मानिन्छन् ।तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति देउवाकाे दबाबमा हटाएको थियोे,उनीहरूलाई जिम्मेवारीबाट ।

नक्कली भुटानी शरणार्थी प्रकरणकाे लहराे देउवा पत्नी आरजु देउवा राणासम्म पुग्न थालेपछि देउवा निकै अत्तालिएका थिए।नक्कली भुटानी शरणार्थी मुद्दा नबढाउन दबाब दिएका उनलेे तत्कालीन गृहमन्त्री नारायणकाजीलाई पदमुक्त गर्न पनि तत्कालीन प्रचण्ड
माथि दबाब दिएका थिए।सत्ता समीकरण हल्लाउने त्यो अनुसन्धानकाे नेतृत्व गरेका प्रहरी अधिकृत डाक्टर केसीलाई प्रहरी प्रधान कार्यालयकाे महिला ,बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयमा र कार्की प्रहरी महानिरीक्षक बसन्त कुँवरकाे सचिवालयमा सारिएका थिए।

उनै प्रहरी नायव महानिरीक्षक डाक्टर मनाेज केसी विशेष व्यूराेमा सरूवा गरिएका थिए,डेढ महिना प्रहरी प्रधान कार्यालयबाट।आतंकवाद सम्बन्धि अनुसन्धान गर्ने विशेष व्यूराे कमान्ड सम्हालेका उनै डाक्टर केसीलाई एमाले कांग्रेस गठबन्धन सरकारले जिम्मेवारीबाट हटाएको हाे,साैर्य एयरलाइन्सकाे विमान दुर्घटना भएको दिनमा।प्रतिआतंकवाद व्यूराे प्रहरीकाे विशेष युनिट हाे।यसकाे कमान्डिङ गरिरहेका उनलेे नक्कली भुटानी शरणार्थीका खास नाईके बेचैन झालाई पक्राउ गरेर ल्याएका थिए।झाकाे पक्राउपछि कांग्रेसका नेताहरू निकै तर्सिएका थिए।
यश अनुसन्धानमा परराष्ट्र मन्त्री डाक्टर आरजु देउवा राणा पक्राउ पर्ने सम्भावना थियोे ।त्यही भय र त्रासले अत्तालिएकाे एमाले -कांग्रेस गठबन्धन सरकारले उनलाई जिम्मेवारीबाट हटाएर हाईसन्चाे मानेको हाे।उनै प्रहरी नायव महानिरीक्षक डाक्टर केसी राष्ट्रिय प्रतिष्ठानमा सरूवा गराएर त्यहाँका राजन अधिकारीलाई विशेष व्यूराेमा पठाइएको छ।
सरकार गठनअघि नै पूर्व तयारी थियोे अनुसन्धानलाई राेक्ने बारे ।प्रचण्ड सरकारले धमाधम भ्रष्टाचारका फाईल खाेल्न थालेपछि नयाँ समीकरण बनेको रास्वपा सांसद हरि ढकालले संसदमै खुलासा गरेका थिए। सांसद ढकाल भन्छन्,” संसद नै खाली अवस्था थियोे ,त्यसकारण मध्यरातमा एमाले कांग्रेसबीच सत्ता सम्झाैता गरियाे।”
हाे, नक्कली भुटानी शरणार्थी प्रकरणकाे तेस्रो चरणको अनुसन्धानमा लागेका उनलाई जिम्मेवारी मुक्त गरेर मुद्दा ढिसमिस पार्न खाेजिएकाे छ।नयाँ सत्ता समीकरणपछि यस्ता प्रकरणका फाइलहरू लुकाउन थालिएको भन्दै सरकारकाे संसद र सञ्चालमा चर्काे आलाेचना भइरहेको छ।