२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पर्यटकको आकर्षण केन्द्र बन्दै बर्दिया राष्ट्रिय निकुञ्ज


२४ जेष्ठ २०८१, बिहिबार  


(सागर रावल )

काठमाडौं : देशको गौरव र स्वाभिमान बोकेको  बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको लुम्बिनी प्रदेशमा पर्दछ।  बर्दिया  जिल्लामा अवस्थित रहेको  बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिले सबैभन्दा उत्तम मानिन्छ   । यो निकुञ्ज साविक भेरी अञ्चलको बर्दिया जिल्लामा पर्दछ । यो निकुञ्ज वि.स. २०३२ सालमा स्थापना भएको हो । पूर्वमा बाँके जिल्ला, पश्चिममा कैलाली जिल्ला, उत्तरमा सुर्खेत र सल्यान र दक्षिणमा नेपाल–भारतको सीमाना छ ।

शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सुर्खेत तर्फ विस्तार गरिएको छ ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । यो वन्यजन्तु र प्राकृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने नेपालको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय निकुञ्ज हो । पछिल्लो समयमा यहाँ विभिन्न प्रजातिका जीवजन्तुले भरिपूर्ण र मनमोहक हरियाली वातावरणले सुन्दर बनाइएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्य पनि बन्न पुगेको छ । हो । यस राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, घडियाल गोही, डल्फिनलगायतका वन्यजन्तुको संरक्षणका लागि उपयुक्त ठाउँका रूपमा प्रसिद्ध मानिएको छ ।खासगरी स्थानीय पनि पर्यटनको सम्भावना बढी रहँदा आफूलाई सही ढङ्गले अगाडि बढेको देखिन्छन्।

 यहाँका स्थानीय पनि वन जंगल संरक्षण गर्नका लागि निरन्तरता दिन्छन्  । यहाँका स्थानीय वन जोगाए वन्य जन्तु जोगिने भनाई राख्छन् । वनको दिगो विकास गर्नका लागि मधुवन–३ बर्दियाका नागरीक सक्रिय छन् । वनमा रहेका परिपक्क रुख काट्ने, अन्यलाई काँटछाँट गर्ने र साना हुर्काउने बढाउने कार्यमा यहाँका स्थानिय व्यस्त देखिन्छन् । वन जोगाउनु नै वन्यजन्तु जोगाउनु उनिहरुको उद्देश्य हो । वन जोगाउँदा मानिसलाई फाइदा पनि छ । वन मानिसका लागि मात्र नभएर समस्त जीव, जनावरका निम्ति वन जंगल, प्राण–वायु, पानी र जमिन–माटो अस्तित्व, वृद्धि र विकासका लागि मुख्य आाधारहरू हुन् । यो धरातललाई सबल सुदृढ, स्वच्छ पार्नमा वन–जंगल र जनावरको अत्यन्त ठूलो योगदान रहन्छ ।वन–जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु–जनावरसमेत लाभान्वित भइरहेका हुन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका नागरीक कृषि कर्म र पशु पालेर नै जिविको पार्जन गर्छन् । जंगली जनावरको संख्या दिनहुँ बढ्दै गएपछि यहाँका मधुवन नगरपालिका ३ बर्दियाका स्थानीयले सास्ती भोग्दै आएका छन् । जंगली जनावरको संख्या बढेसँगै संरक्षणको चुनौती पनि थपिँदै गएका छन् । नेपालमा जंगली जनावरको चोरी, निकासी, पैठारी तथा सिकार गर्न नपाइने प्रावधान छ । जसबाट वनयजन्तुको संरक्षण र प्रवद्र्धधनमा ठूलै टेवा पुगेको छ । तर, कृषिकर्ममा निर्भर किसानले भने जंगली जनावरका कारण सास्ती खेपिरहेका छन् ।

नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रूपमा पनि लिईन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित