२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कुलेखानी जलाशय ओभर फ्लो, उच्च जाेखिमा तटिय क्षेत्र,सतर्क रहन आग्रह

१२ आश्विन २०८१, शनिबार  

जलाशययुक्त आयाेजना कुलेखानी जलाशय ओभर फ्लो भएको छ
शनिबार बिहान ४ :५० बजे गरिएको मापन अनुसार जलाशयमा क्षमता भन्दा बढी पानी संकलन भएपछि फ्लाे हुन थालेको हाे।

बिहीबारदेखिकाे अविरल वर्षाले कुलेखानीमा पानीको सतह पार गरेर बग्न थालेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ ।

वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको उनले बताए । ड्यामको सुरक्षाका लागि विद्युत उत्पादन नियमित भइरहेको भट्टले बताए । कुलेखानी भरिएपछि ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको उनले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्ने तयारी भएकाले नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदिमा मिसिन पुग्छ । 

उनले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।

हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ ।

वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको उनले बताए । ड्यामको सुरक्षाका लागि विद्युत उत्पादन नियमित भइरहेको भट्टले बताए । कुलेखानी भरिएपछि ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको उनले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्ने तयारी भएकाले नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदिमा मिसिन पुग्छ । 

उनले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : २८ बजे

©2026 Sarajuonline सर्वाधिकार सुरक्षित