२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

एमाले–कांग्रेसका सांसदले रास्वपा सांसदमाथि दुर्व्यवहार गरेको सांसद कठायतको आरोप !


१० माघ २०८१, बिहिबार  



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् विनिता कठायतले एमाले र कांग्रेसका सांसदले आफूहरुमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएकी छिन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको अनुगमनक्रममा आफूहरुमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन्।

अनुगमनको क्रममा पोखरा जाँदा दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएकी हुन्। गएको पुस अन्तिमसातातिर स्थलगत भ्रमणका क्रममा पोखरा पुगेका बेला प्रहरी अनुसन्धानमा रहेका रास्वपाका निलम्बित सभापति रवि लामिछाने, सांसद्हरू सुमना श्रेष्ठ र सोविता गौतममाथि नेपाली कांग्रेस र नेकपा एमालेका ३ जना सांसद्ले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेकी हुन्।


सांसद् कठायतले गएको बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पोखरामा रक्सी खाएर रास्वपाका सांसद्माथि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकै सभापति कुसुमदेवी थापा, कांग्रेस सांसद् वीरबहादुर बलायर र एमाले सांसद् सरस्वती सुब्बाले दुर्व्यवहागर गरेको गम्भीर आरोप लगाएकी हुन्।समितिको बैठकमा रास्वपा सांसद् विनिताले यहीँ प्रसंग उम्काउन खोज्दा सभापति थापासँग चर्काचर्की समेत भएको थियो ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति कुसुमदेवी थापा र रास्वपा सांसद् विनिता कठायतबीच चर्काचर्की भएको थियो । बुधबारको बैठकमा सांसद् कठायतले गएको पुस २७–२८ गतेको ‘पोखरा भ्रमण’को प्रसंग उम्काइरहेका बेला सभापति थापासँग भनाभन भएको बताइएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ९ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित