२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

सेन्ट्रल जेलमा चौकीदार बन्न लाखौं रकमको चलखेल, विवादित प्रभाकर राणालाई चौकीदार नियुक्ति गर्दै


१५ माघ २०८१, मंगलबार  


सुन्धारामा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा चौकीदार बन्नका लागि मोटो रकमको चलखेल भएको पाईएको छ । हालको चौकीदार रमेश भनिने बै लामाको कार्यकाल सकिनै लाग्दा चौकीदार बन्नका लागि प्रभाकर नरसिंह राणा लागि परेका छन् । प्रभाकर राणा चौकीदार बन्नकै लागि जेल भित्र देखी बाहिरी राजनीतिक चलखेल सम्म गर्ने गरेको पाईएको छ । राणाले कारागार व्यवस्थापन देखी दलका नेतालाई विभिन्न प्रलोभन देखाएर दोस्रो पटक चौकीदार हत्याउन खोजेका हुन् । कानुन तः प्रभाकर नरसिंह राणा दोस्रो पटक चौकीदार बन्न पाईदैन ।

राणा २०७९ माघ देखी २०८० माघ सम्म सोहि जेलमा चौकीदार बनिसकेका व्यक्ति हुन् । कारागार व्यवस्थानसम्बन्धी कार्यविधि २०७३ को परिच्छेद २ मा चौकीदार र मूल नाइके नियुक्त गर्दा सोही कारागारमा एक वर्ष बसेको, ५० प्रतिशत सजाय भुक्तानी गरेको तथा नकारात्मक सूचीमा नपरेको व्यक्ति हुनुपर्ने भनिएको छ । त्यसकै आधारमा चौकीदार नियुक्त हुने प्रावधान छ । नाइके र सहनाइकेका हकमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको एवं ६ महिनाभन्दा बढी कैद बाँकी रहेको हुनुपर्ने व्यवस्था छ । नकारात्मक सूचीमा नपरेका कैदी कारागारमा नभए मात्रै चालचलन र व्यवहार हेरेर अन्यलाई चौकीदार, नाइके र सहनाइके छनोट गर्न पाइन्छ । त्यसमा पनि एकपटक चौकीदार, नाइके र सहनाइके भइसकेको व्यक्तिलाई दोहो¥याएर आन्तरिक प्रशासनको नेतृत्व दिन मिल्दैन । तर अहिले केन्द्रीय कारागार जगन्नाथदेवलमा भने राणालाई दोहो¥याएर नियुक्ती गर्ने चलखेल भईरहेको छ । त्यसो त जेलको आन्तरिक प्रशासन हेर्ने जेलर कृण्णकुमार कटुवाल नै राणालाई नियुक्ती दिन लागि परेको स्रोतको दावी छ । कानुन विपरित प्रभाकर राणालाई जेलर कृष्ण कुमार कटुवालले नै चौकीदार नियुक्तीको प्रक्रिया अघि बढाएको पाईएको हो

प्रभाकर नरसिंह राणालाई कानुन विपरित नियुक्ति गर्न खोजिएको छ । कैदी–बन्दीहरूबाटै असल चालचलन भएका कैदीलाई कारागारको आन्तरिक प्रशासनमा चौकीदार, नाइके र सहनाइके नियुक्त गर्ने कानूनी व्यवस्था छ । तर प्रभाकर राणा ती व्यक्ति हुन् चौकीदार रहँदा जेल भित्रै मिटर व्याज र लागुऔषध कारोबार भएको भन्दै गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । जेलभित्र मदिरा तथा लागुऔषधको कारोबार, मिटर ब्याजको आतङ्क र बेटिङ चलिरहेको भन्दै उजुरी परेको थियो । त्यस्तै कारागारभित्र करिब १ हजार २ सय थान म्याक्स टिभीको सेट टप बक्स रहेको र म्याक्स टिभीले सित्तैमा दिएको सेट टप बक्सबापत चौकीदार प्रभाकर नरसिंह राणाले प्रति सेटटप बक्स १ हजार २ सय लिएको, टिभीको मासिक शुल्क १२५ रुपैयाँ भए पनि राणाले अनधिकृतरुपमा मासिक ३ सय
रुपैयाँ तिर्न बाध्य बनाएको थियो । यी कुराहरूको विरोध गर्दा अन्य कैदी बन्दीलाई कुटपिट गरी अन्य जिल्लामा सरुवा गराउने गरेको र त्यसका लागि जेलरले भूमिका खेल्ने गरेको पाईएको थियो । हो त्यसैले प्रभाकर राणा विवादित छवी भएका चौकीदार थिए । तर अहिले उनै राणालाई नियुक्ती गर्न खोजिएको छ । बन्दीहरूको संख्यालाई आधार मानेर कारागारको आन्तरिक प्रशासन र कारागार प्रशासक जेलरले पठाएको विवरणअनुसार कारागार व्यवस्थापन विभागले चौकीदार नियुक्त गर्छ । कारागार ऐन र नियमावलीले चौकीदार र नाइकेहरूको अवधि एक वर्ष तोकेको छ । र दोस्रो पटक चौकीदार बन्न पाईदैन तर प्रभाकर राणालाई जेलर देखी कारागार व्यवस्थापनले पैसाकै बलमा चौकीदार नियुक्ती गर्न खोजिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित