३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कार्यवाहक प्रधानमन्त्री सिंह भन्छन्, “निजामती विधेयकमा भएको चलखेल गर्नेमाथि कारबाही हुन्छ”


१८ असार २०८२, बुधबार  


कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए।
सिंहले संविधान निर्माणको विरोध गर्नेहरूलाई सचेत गराए, र सरकारको आलोचना गर्ने नेताहरूलाई उनीहरूको विगतको कार्य सम्झाए।


उनले जनताको लागि काम नगर्ने नेताहरूलाई निर्वाचनमा मूल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भएपनि कारबाही हुनुपर्ने उनले बताए ।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

त्यस्तै उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरू राजनीतिमा आएको बताए । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बहुआयामिक प्रशासनिक भवनले जनतालाई सेवा प्रवाह सहजता आउने विश्वास व्यक्त गरेका थिए। पालिका प्रशासनिक भवन सम्वतः देशकै आधुनिक र व्यवस्थित भएको मानिन्छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित