२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

पोखरा फाईनान्सको वित्तीय अवस्था खराब, राष्ट्र बैंकको सुधारात्मक कारबाही !


१४ पुस २०८१, आइतबार  


पोखरा फाइनान्सको वित्तीय अवस्था खराब भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाहीको प्रक्रिया थालेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण लिने निर्णय पनि गरेको छ ।

राष्ट्र बैंकले प्रष्टिकरण सोधेको पत्र आफूले प्राप्त नगरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रविचन्द्र गुरुङले बताए । राष्ट्र बैंकले २०८० पुसमा फाइनान्समा स्थलगत निरीक्षण गरेको र सुधारका लागि आवश्यक निर्देशन दिएको बताउँदै राष्ट्र बैंकका निर्देशनहरू पालना भइरहेको उनले दावी गरे ।

फाइनान्सको खराब कर्जा बढी देखिन आएकाले कर्जा असुलीमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिएको सीईओ गुरुङले बताए । राष्ट्र बैंकको निर्देशन पालना गर्दै कर्जा असुलीमा फाइनान्सले जोड दिँदै आएको उनको भनाइ छ ।

तर तथ्याङ्कमा उनले भनेजस्तो सुधार छैन, बरु फाइनान्सको वित्तीय अवस्था झन् खराब छ । ९ महिनामा फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले वृद्धि भएको उसैले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

२०८० पुस मसान्तमा फाइनान्सको खराब कर्जा कुल कर्जाको ४।७६ प्रतिशत रहेको फाइनान्सले सार्वजनिक गरेको वित्तीय वितरणमा उल्लेख छ । २०८१ असोज मसान्तमा खराब कर्जा १४।४४ प्रतिशत पुगेको छ । ९ महिनामा खराब कर्जा विन्दुगत गणनामा ९।६८ अंकले बढेको छ भने प्रतिशत गणनामा २०३।३६ अंकले बढेको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ करोड ९० लाख घाटा खाएको छ । गएको वर्ष पनि नोक्सानमा गएको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ । फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ ।

फाइनान्सको निक्षेप, कर्जा लगानी लगायतको व्यवसायिक आकार पनि सानो हुँदै गएको छ । ‘संस्थाको सुशासन पनि खराब देखियो, वित्तीय अवस्था पनि खराब छ । अब राष्ट्र बैंकले आवश्यक निर्णय लिँदै जाने बताईएको छ।

स्थलगत निरीक्षण भएको ११ महिनापछि मात्र फाइनान्सको रिपोर्ट राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएपछि राष्ट्र बैंकभित्रै पनि यति ढिला रिपोर्ट पेश हुनुको कारणबारे सोधखोज भएको पाईएको छ ।

कोरोना महामारीपछि गण्डकी प्रदेशको पर्यटकीय गतिविधि सुस्त भएको र पर्यटन व्यवसायीहरूले कर्जा तिर्न नसक्दा फाइनान्समा समस्या उत्पन्न भएको सीईओ गुरुङ बताउँछन्। पछिल्लो समय अलि दबाबमा परेका उनले बताएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : २९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित