२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मीनबहादुरले हिंसा पीडितकाे पीडामा मलम लगाउँदा अर्बपति ज्ञानेन्द्र शाहले देखाएनन् मानवीय संवेदना


१९ चैत्र २०८१, बुधबार  


वनले आइजा आइज ,घरले जा जा भन्ने उमेरमा छन् ,व्यापारी ज्ञानेन्द्र शाह। आ फ्नै ढंगले वंशवादी सत्ता गुमाएका उनी यति रन्थनिएका छन् ।

२०६२/६३काे गणतन्त्रको आन्दाेलनकाे डढलाेमा बचेका उनी २०६५ जेष्ठ २९ गते दरबार छाेडे। विश्व इतिहासमा यस्ता राजा रजाैटाहरू काटिएको लखेटिएकाे इतिहास छ। साैभाग्य भनाै या संयाेग यिनी अहिलेसम्म सुरक्षित छन् । गणतन्त्रको १६ वर्ष पछि यति बेला मसानघाटबाट उठ्न खाेज्दै पूर्व पञ्च र प्रसाईं जस्ता चेतनाविहिन मानिसको काँध चढेर नारायणहिटी फर्किएर हिजो जस्तै सत्ताकाे माेजमस्ती गर्ने उनमा उटकट देखिन्छ ।पिण्ड खाने बेला विरासत फर्काएर पितृप्रति न्याय गर्ने उनको चाहना देखिन्छ ।


यसरी सत्तामा फर्किन खाेजेका अर्बपति ज्ञानेन्द्र शाहले तीनकुने घटनाको नैतिक जिम्मेवारी समेत लिएनन। विवादास्पद मेडिकल व्यवसायीलाई कमान्डर बनाएका शाहले महानगरले ताेकेकाे जरिवाना पनि तिरेनन्। राजा देशका साझा भन्नेहरूले हिंसामा दुई जनाकाे ज्यान गएको छ।कराेडाैकाे क्षति भएको छ।यस्तो विपतमा छन् पीडित परिवार।उनलाई सहानुभूति समेत दिएनन् ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले पत्रकार सुरेश रजक परिवारलाई ५ लाख र सविन महर्जन परिवारलाई तीन लाख आर्थिक सहयोगकाे घाेषणा गरे।

सरकार समेत गैरजिम्मेवार बनिरहेको बेलामा उनको मनकारी सहयोगलाई सबैले प्रशंसा गरेका छन् । एउटा व्यापारीले स्वतश्फूर्त सहयोग गर्दा अर्ब पति ज्ञानेन्द्र शाहले सामान्य मानवीय संवेदना समेत देखाउन सकेनन् ।

जनताको रगतमा हाेलि खेलेर।राजा बन्ने सपना देखेका मानिसले यति पनि मानवीय व्यवहार देखाउन सक्दैनन् भने जनताले यस्ता पात्रबाट के अपेक्षा गर्नु ?

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : २९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित