यदि जनता र देशप्रति तपाईं ईमानदार ,निष्ठावान र लगनशील राजनीतिज्ञ हुनुहुन्छ भने,तपाईंको सत्कर्मले सधैं उचाइ बनाउँछ। कुनै पनि सार्वजनिक पद कुन तहको हो भन्ने कुरा भन्दा पनि उसको दत्तचित्त र लगाव कति ठूलो छ, भन्ने कुराले महान अर्थ राख्दछ। हो, यस्तै सत्कर्मको पर्याप्त बनेका छन् ,प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनेन्द्र कार्की।

सधैं वडाको भौतिक विकास तथा मानवीय विकासमा सक्रिय रहने उनले मंगलबार विद्यार्थीहरूसंग सघन सम्वाद गरे। वडा भित्र सञ्चाालित श्री कृष्ण आधारभुत विद्यालय मार्सिवाङ र माण्डवी माध्यमिक विद्यालयका विद्यार्थीसंग उनले ूविद्यार्थीसंग वडाध्यक्षू कार्यक्रम मार्फत सम्वाद गरेका हुन्।

उनले कार्यक्रममा विद्यार्थीहरूले भोगेका समस्या र उनीहरूका जिज्ञासालाई बोध गर्न र गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए।यश कार्यक्रमबाट विद्यार्थीहरूको क्षमतासंगै अभिभावकहरूमा जिम्मेवारी बोध गराउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना भएको सरजु अनलाईसंग बताए ।

वडाध्यक्ष कार्कीले यश कार्यक्रम गर्नु अघि विद्यालयहरूकाे अनुगमन गरि फाराम भराएर छलफलमा लगेका थिए। विद्यार्थीसंग वडाध्यक्ष कार्यक्रममा छलफलमा उठेका सवालमा सराेकारवालाहरूले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिका स्वास्थ्य प्रमुख ध्रुवकुमार पोखरेलले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले विशेष पहल गर्ने आश्वासन दिएका थिए, भने शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले विद्यार्थीहरूको शैक्षिक नतिजामा अभिभावकले ठूलो जिम्मेवारी हुने बताईन्।वडाको यस योजनामा भएको यश कार्यक्रम प्यूठानका ६४ वडाहरू मध्यमा पहिलो हो। प्यूठानको नमुना वडाको रूपमा परिचित यश वडा यस्ता अनुकरणीय कामहरू गर्दै आएको छ।

यसैगरी वडाध्यक्ष कार्कीले अभिभावकविहिन् तथा विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।उनले आ फ्नो निजी खर्चमा दुईवटा विद्यालयका २९ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन्। कृष्ण आ धारभूतका १२ र माण्डवीका १७ जना विद्यार्थीले न्यानो कपडा पाएका हुन्।

वडाध्यक्ष कार्कीले यसका दिनमा पनि विभित्र व्यक्तिहरूलाई थुप्रैपटक सहयोग गर्दै आएका छन्। राजनीतिलाई सधैं सेवाको भावले काम गर्दै आएका वडाध्यक्ष धनेन्द्र कार्कीले विपन्न र असहायहरू सहयोग गर्न पाउँदा सधै लाग्ने प्रतिक्रिया दिए।उनी भन्छन्, “म राजनीतिमा सेवा गर्न आएको हुँ,जनताको सेवा नै मेरो राजनीतिक धर्म हो।”