३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

अग्रिम टिकट बुकिङ बन्द गर्दैछाै : उपाध्यक्ष सिटाैला


१५ आश्विन २०८१, मंगलबार  


यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने भएका छन् ।

अविरल वर्षाका कारण सडककाे दुरावस्था भएको भन्दै अग्रिम टिकट बन्द गर्न लागेका हुन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सराेज सिटौलाले यातायात व्यवस्था विभागसंग छलफल गरेर तत्कालका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने बताएका हुन्।

उपाध्यक्ष सराेज सिटौला भन्छन्, ” सडक सबै भत्किएको छ,सवारी साधन गुडाउने वातावरण अवस्था छैन।कलंकीदेखि नाैबिसेसम्म गाडीको चाङ उस्तै लागेको छ।यात्रुलाई सहजै गन्तव्यमा पुराउन सकिने स्थिति छैन। गाडीमा कराेडाै लगानी गरिएको छ।जानी -जानी व्यवसायी गाडी गुडाउदैनन्। यात्रुहरूको टिकट पैसा फिर्ता हुन्छ ।”

उपाध्यक्ष सिटौलाले भने जस्तै सडकको अवस्था अत्यन्तै दयनीय छ। यात्रा गर्न पनि उत्तिकै मुस्किल छ। झरी बन्द भए पनि पहिरो झर्न राेकिएकाे छैन।

विवद् विज्ञहरूले पनि सकेसम्म दशै अघि यात्रा नगर्न सुझाएका छन् । यात्रा गर्ने परे दिउँसो मात्रै गर्न उनीहरूले सुझाएका हुन्।देशभरका ४०९ मध्ये ४५ वटा सडकको अवस्था कन्तबिजाेग छ।सरकारले युद्ध स्तरमै सडक मर्मत सम्भार गरेपनि दशै अघि यातायात सहज हुने देखिन्न।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ३१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित