२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

फेरि भासियाे, दाउन्नेको सडक


१८ आश्विन २०८१, शुक्रबार  


पूर्व-पश्चिम राजमार्ग अन्तर्गतकाे नारायणघाट–बुटबल सडकखण्ड फेरि अवरुद्ध भएको छ। 


नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

यसअघि यही असोज १४ गते भासिएको सडक १५ गते रातभरी मर्मत गरिएको थियो। सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराले जानकारी दिए।  

उनका अनुसार २० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको छ। पटक–पटक सडक भासिँदा दसैँ मान्न घर फर्कँदै गरेका यात्रु मर्कामा परेका छन्। प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएकाे छ।

तस्बिर : अर्काईभ

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित