कांग्रेस भित्र यतिबेला विशेष महाधिवेशन कि नियमित महाधिवेशनको गरमागर्मी छ। तर, क्रियाशील सदस्यताको विषयमा कसैलाई छैन चासो। सबैलाई नेतृत्व लिने चटारो भएपनि क्रि याशील सदस्यहरूले नवीकरणको विषयमा चासो भएको पाईन्न । संस्थापनले विशेष महाधिवेशन गरे अहिलेसम्म खाइपाइ आएको अवसर गुम्ला भन्ने डर छ, भने संस्थापन ईतरलाई जेनजी रापतापमै नेतृत्वमा जाने हतारो छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दा पनि संस्थापन जालझेल गरिरहेको छ।यस्तो प्रवृत्ति आफैमा अलोक तान्त्रिक चरित्र हो।सन्न महाधिवेशनको विषयले सरगर्मी बढाएको छ । कांग्रेसका वडा ,गाउँ ,नगर ,क्षेत्र, जिल्ला ,प्रदेश र केन्द्रिय स्तरका नेताप्रति प्रश्न उठ्छ की ९ लाख संगठित सदस्य कता गए र कहाँ छन् ?
कांग्रेसमा क्रियाशिल सदस्यहरु मध्ये ६ लाख जनाले सदस्यता नवीकरण किन गरेनन ? ९ लाख क्रियाशील सदस्यमा ३ लाख सदस्य मात्रै नवीकरण गर्नुले कांग्रेस रित्तिदै गएको देखिन्छ ।कांग्रेस नेतृत्वमा जे जति हानथाप भइरहेको छ। त्यति पार्टीका सदस्यहरू कहाँ छन् भन्ने कसैलाई पटक्कै चासो देखिन्न।यसको जिम्मेवारी कसले लिने या नलिने भन्नेमा बहस र छलफल भएको पाइन्न ।
कांग्रेस जस्तो प्रजातान्त्रिक र पुरानो दलमा यसरी क्रियाशील सदस्य हराउनुले कांग्रेस छोड्नेहरू धेरै छन् भन्ने दर्शाउँछ। यस्तो हुनुमा परिवर्तित अवस्थामा पाटीले लिएको नीति र सिद्धान्त समीक्षा गर्ने कि नगर्ने रु अथवा बहुसङ्ख्यक नागरिकको भावना सम्बोधन गर्ने कि नगर्ने रु भन्ने प्रश्न पक्कै छ।
जेनजी विद्रोहपछि राजनीतिक र सामाजिक मनोविज्ञानसंगै सोच र दृष्टिकोणमा बदलाव आ एको छ। हिजो नेतृत्वबाट कांग्रेसमा आ कर्षण बढाउन सकिन्न भन्ने तथ्यले देखाइसकेको छ।
यो वास्तविकलाई बोध गरि कांग्रेसी नेतृत्वले नयाँ पुस्तालाई सहजै नेतृत्व सुम्पन हिम्मत गर्न पर्दछ।वर्षौदेखि दाइ जय नेपाल भन्दै अवसर लिनेहरूबाट कांग्रेस मुक्त हुन नसके पूरै कांग्रेस रित्तिन पनि नलाग्न सक्छ। यसर्थ नयाँ पुस्ताको सोच र दृष्टिकोणलाई बोध गर्दै अबिलम्ब महाधिवेशनबाट रूपान्तरित कांग्रेस बनाउन ढिला नगर्नु सबैभन्दा ठूलो राजनीतिक बुद्धिमानी हुन्छ कि ?








