३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

देशका ६१ उत्कृष्ट गाउँपालिकामा माओवादी अघि, दोश्रोमा कांग्रेस …


८ भाद्र २०८१, शनिबार  


स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका ६१(८० माथिको नम्बर प्राप्त) गाउँपालिकामध्ये सबैभन्दा बढी २४ वटा उत्कृष्ट गाउँपालिका नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसले नेतृत्व गरेका २२ ,नेकपा एमालेले नेतृत्व गरेका १३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले नेतृत्व गरेक एक ÷एक रहेका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही भदौ ६ गते सार्वजनिक गरेको नतिजा अनुसार माओवादी अघि देखिएको हो, भने कांग्रेसले माओवादीलाई पछ्याएको छ। एमाले माओवादी भन्दा आधाले पछाडि रहेको तथ्याकमा देखिन्छ।

आर्थिैक वर्ष २०७९÷८०मा गाउँपालिकाहरुको विभिन्न सयवटा सूचकहरुका आधारमा मूल्यांकन गरिएको हो । खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हक लगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ । नेपाली कांग्रेसले सबै भन्दा धेरै पालिकामा जितेको छ।, उसले ३२९ पालिका र एमाले दोश्रो भएको छ, उसले २०६ र तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२२ पालिका जितेको हो ।
उत्कृष्ट ६१ गाउँपालिकाहरुको नाम, अध्यक्ष र दलको विवरण तल उल्लेख गरिएको छ।
८० माथि नम्बर ल्याउने पालिकाहरु
प्राप्त नम्बर पालिका नाम र अध्यक्षको नाम र दल
८५.० कटारी गाउँपालिका उदयपुर राजेशचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस
८१.००मौवाखोला गाउँपालिका , ताप्लेजुङ माओवादी विजयप्रकाश वनेम
८०.०० दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, लोकेन्द्र राई, नेकपा एमाले
८१.०० छथर जोरपाटी गाउँपालिका धनकुटा, छत्रबहादुर सुब्बा नेपाली कांग्रेस
८०.२५ रामप्रसाद राई गाउँपालिका भोजपुर, थामबहादुर राई माओवादी
८३.७५ औरही गाउँपालिका धनुषा ,उमाशंकरप्रसाद साह, नेकपा एमाले
८२.७५ चौरी देउराली गाउँपालिका, काभ्रे, माओवादी रेणुका चौलागाई
८५२५ बेथानचोक गाउँपालिका काभ्रे भगवती अधिकारी नेपाली कांग्रेस
८५.२५ शैलुङ गाउँपालिका दोलखा , रिमलबाबु श्रेष्ठ माओवादी
८५.५० ज्वालामुखी गाउँपालिका धादिङ, यामनाथ दनै नेपाली कांग्रेस
८७.२५ बेनीघाट रोराङ गाउँपालिका धादिङ, कृष्णबहादुर थपलिया माओवादी
८७.०० इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक, झम्कनाथ नेपाल, नेकपा एमाले
८३.७५जुगल गाँउपालिका सिन्धुपाल्चोक, माओवादी रेशम स्याङबो
८२.२५ भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक, पासाङ नोर्बु शेर्पा, नेपाली कांग्रेस
८४.०० लिशंखु पाखर गाउँपालिका, सिन्धुपाल्चोक राजु तामाङ, माओवादी
८५.५० मरिन गाउँपालिका सिन्धुली, विमर्श मोक्तान, माओवादी
८३.२५ अन्नपूर्ण गाउँपालिका, कास्की,विष्णुबहादुर केसी, नेकपा एमाले
८०.७५, मादी गाउँपालिका कास्की, देवीजंग गुरुङ, नेपाली कांग्रेस
८१.७५ गण्डकी गाउँपालिका कास्की, दिपक तिमिल्सिना, माओवादी
८१.२५ भीमसेन गाउँपालिका गोरखा लोकप्रसाद बन्जारा, माओवादी
८४.२५ शहिद लखन थापा गाउँपालिका, गोरखा रमेशबाबु थापामगर, माओवादी
८३.५० सुलिकोट गाउँपालिका गोरखा विष्णुप्रसाद भट्ट माओवादी
८५.७५ आबुखैरनी गाउँपालिका तनहुँ शुक्र चुमान, माओवादी
८४.७५ म्याग्दे गाउँपालिका तनहुँ, श्रीप्रसाद श्रेष्ठ, नेकपा एमाले
८६.०० जलजला गाउँपालिका पर्वत, राजुप्रसाद आचार्य, नेपाली कांग्रेस
८०.७५ बरेङ गाउँपालिका बाग्लुङ , कृष्णप्रसाद शर्मा,राष्ट्रिय जनमोर्चा
८६.०० अर्जुन चौपारी गाउँपालिका स्याङजा, प्रकाश तिवारी, नेपाली कांग्रेस
८४.०० आँधिखोला गाउँपालिका स्याङजा, विश्वनाथ पौडेल नेकपा एमाले
८५.५० कालिगण्डकी गाउँपालिका स्याङजा, खिमबहादुर थापा, नेकपा एमाले
८४.७५ फेदिखोला गाउँपालिका स्याङजा , घनश्याम सुवेदी नेकपा एमाले
८१.२५ इस्मा गाउँपालिका गुल्मी भगतसिंह खड्का, नेपाली कांग्रेस
८१.२५ कालिगण्डकी गाउँपालिका गुल्मी, वेदबहादुर थापा, नेपाली कांग्रेस
८३.२५ गुल्मी दरबार गाउँपालिका गुल्मी सरोजकुमार थापा नेपाली कांग्रेस
८४.०० चन्द्रकोट गाउँपालिका गुल्मी युवराज खत्री क्षेत्री, माओवादी
८५.०० धुर्काेट गाउँपालिका गुल्मी भूपाल पोखरेल, माओवादी
८५.७५ मदाने गाउँपालिका गुल्मी, महेन्द्रबहादुर कुवँर नेपाली कांग्रेस
८०.२५ मालिका गाउँपालिका गुल्मी देवीराम अर्याल, माओवादी
८७.०० रुरु गाउँपालिका गुल्मी यदु ज्ञवाली , माओवादी
८३.०० गढवा गाउँपालिका दाङ यमनारायण शर्मा माओवादी
८१.२५ दंगीशरण गाउँपालिका दाङ, शम्भु गिरी नेपाली कांग्रेस
८३.२५बंगलाचुली गाउँपालिका दाङ माओवादी तुल्सीराम पुन
८४.२५ राजपुर गाउँपालिका दाङ, शरदकुमार बुढाथोकी, नेपाली कांग्रेस
८६.७५ राप्ती गाउँपालिका दाङ(माओवादी प्रकाश विष्ट)
८३.७५ प्रतापपुर गाउँपालिका नवलपरासी पश्चिम, उमेशचन्द्र यादव, नेपाली कांग्रेस
८०.५० भूमे गाउँपालिका रुकुम पूर्व होमप्रकाश श्रेष्ठ, माओवादी
८०.२५ मायादेवी गाउँपालिका रुपन्देही ध्रुवनारायण चौधरी, नेपाली कांग्रेस
८५.०० डुडुवा गाउँपालिका बाँके, नरेन्द्रकुमार चौधरी, नेपाली कांगे्रस
८२.५० सियारी गाउँपालिका रुपन्देही , थानेश्वर घिमिरे, नेपाली कांग्रेस
८५.०० नौबहिनी गाउँपालिका प्यूठान, दिलबहादुर थापा, नेकपा एमाले
८३.२५ नरहरीनाथ गाउँपालिका कालिकोट, नगेन्द्रबहादुर विष्ट, नेपाली कांग्रेस
८४.५० कनका सुन्दरी गाउँपालिका जुम्ला, दामोदर आचार्य, नेपाली कांग्रेस
८०.५० हिमा गाउँपालिका जुम्लाm लक्ष्मणबहादुर शाही, नेपाली कांग्रेस
८३.२५ काइके गाउँपालिका डोल्पा, अंगत राना,एकीकृत समाजवादी
८१.७५ शे फोक्सोन्डो गाउँपालिका डोल्पा, धावा सम्डुक गुरुङ, नेकपा एमाले
८५.५० डुंगेश्वर गाउँपालिका दैलेख, सुन्दरकुमार केसी नेकपा एमाले
८५.५० भगवती माइ गाउँपालिका दैलेख गणेशबहादुर थापा माओवादी
८२.५० त्रिवेणी गाउँपालिका रुकुम पश्चिम गणेशकुमार केसी, माओवादी
८३.०० आदर्श गाउँपालिका डोटी ,गणेशबहादुर खड्का, नेपाली कांग्रेस
८०.०० अपिहिमाल गाउँपालिका , दार्चुला भक्तसिंह ठेकरे बोहरा, माओवादी
८१.७५ मालिकार्जुन गाउँपालिका दार्चुला, हिरासिंह धामी, नेकपा एमाले
८०.२५ जगन्नाथ गाउँपालिका बाजुरा, कालीबहादुर शाही, नेकपा एमाले
श्रोत ः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र निर्वाचन आयोग

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित