४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

विपद् विर्सिने विध्वंसकारी विकास !


२९ जेष्ठ २०८१, मंगलबार  


मानवीय तथा भाैतिक क्षतिकाे दर हरेक वर्ष बढ्दाे छ।तर, राेकथाम र नियन्त्रणमा राज्य उदाशीन छ।जब पर्याे राति तब बुढी ताती भने जस्तै अवस्था छ,याे देशमा।अाकाशमा बादल लागेपछि बल्ल विपद्काे विषयमा अाँखा खाेल्छ, सरकारले ।विपद्काे विषयमा काम गर्ने निकाय राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छ।स्थानीयदेखि संघीय तहसम्म विपद् सम्बन्धि संयन्त्रहरू छन् ,विपद् अाईलागे तत्काल उद्दार गर्ने भरपर्दो संयन्त्र भने छैन,अझै। अाकाश हेरेर निदाउनु पर्ने नियति छ,विपद् जाेखिम क्षेत्रमा ।

माैसम विज्ञका अनुसार यश वर्ष वर्षात् धेरै हुने अनुमान छ।बढी वर्षातले क्षति पनि उत्तिकै हुने देखिन्छ।सम्भावित जाेखिम क्षेत्रमा पूर्व तयारीमा सरकार प्रचारात्मक देखिएपनि ठाेस याेजना देखिन्न।

विपद्काे विषयमा गृहमन्त्रालयले मनसुन प्रवेश गर्नु पूर्व छलफल त गर्याे,गृहमन्त्री रवि लामिछानेले जेष्ठ १९ भित्रै पूर्व तयारीका खाका पेश गर्न निर्देशन पनि दिएका थिए।गृहमन्त्रीकै सक्रियतामा विपद् पूर्वकाे तयारी देखिएपनि भद्दा र बाेझिलाे संरचनागत झन्झट र प्रक्रियामुखी संरचना कछुवा गतिमा छ।विपद् अाइसक्दा पनि बाैरिन र दाैडिन सक्ने क्षमता खासै देखिन्न।विगतमा पनि यस्ता प्रचारात्मक सक्रियता नभएका हाेईनन्।तर, उपलब्धि बन्न सकेनन् ।

४ लाख घर परिवार उच्च जाेखिममा:
माैसम विभागले जानकारी दिए अनुसार मनसुन साेमबार पूर्वी नेपाल प्रवेश गरिसकेको छ।नेपालमा मनसुन अाैसतमा जुन १३ मै भित्रीने गर्दछ। तर,यश वर्ष ३ दिन अघि मनसुन भित्री सकेको छ।यश वर्ष अाैसत भन्दा ज्यादा पानी पर्ने अनुमान छ,जल तथा माैसम विज्ञान विभागकाे।

वर्षात धेरै हुने भएकोले जाेखिम पनि उत्तिकै बढी हुने देखिन्छ ।राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले ४ लाख घरधुरीका १८ लाख मानिस जाेखिममा पर्ने भनेको छ।८३ हजार घरधुरी निकै जाेखिममा रहने भएकोले उद्दार र राहतको पूर्व तयारी गर्नुपर्ने बताएको छ।तर,गृहमन्त्रीकाे सक्रियतामा उद्दार र राहतको सक्रियता भए पनि प्रभावित क्षेत्रमा तयारी त्यति देखिन्न।
डाेजरे विकासकाे विनाश :
संघीयतापछि गाउँमा सडक पुग्याे।उपभोक्ता समितिमार्फत सडक बनाउनेकाे अाँधी हुरी चल्याे।सस्तो र लाेकपृयतका लागि घर अाँगनमै सडक पुराईए।

हिउँदभर गाउँमा पुगेको सडक त्यही बर्खामा सग्लाे रहेन।सडक त सग्लाे रहेन तिनै गाउँ पहिरोमा परे।उता डाेजर मालिकले राम्रो दाम कमाए,दलका नेताले मत पाए।स्थानीय विकासकाे नामकाे विनाशकाे सिकार भए र भइरहेका छन् ।

विपद् र विकास नबुझिएर गरिएका यस्ता भाैतिक विकास विनाशकाे कारण बनेको नीति निर्माण तहमा बस्नेहरूलाई राम्रोसँग थाहा छ।तर,भाेट र कमिसनको दुष्चक्रमा फसेको राजनीतिले विपद् अाएपछि कठै भनेपनि विपद्पछि उही पुरानै धन्दामा रहन्छन् ।यस्तो नियति एक वर्ष र दुइकाे मात्रै हाेईन।हरेक वर्ष उस्तै छ,वर्षाैदेखि।


यसरी भईरहृकाे बलमिच्याँईपूर्ण सडक विस्तारले गाउँहरू असुरक्षित छन् ,भने पर्यावरणीय संकट दाेहाेरिदाे छ।पानीको मुहान सुकेका छन्।

पारिस्थित प्रणालीमा खलल अाएकाे छ,माैसमकाे प्रणालीमा उतारचढाव छ। यही विवेकहीन मानवीय भाैतिक विकासले पर्यावरणलाई मात्रै विनाश गरेको छैन,स्वयं मानव जातिकाे अस्तित्व नै खतरामा पर्दै गएकाेछ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ९ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित