२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

टरिगाउँमा हप्ताको शुक्रबार मात्रै उडान


२४ भाद्र २०८१, सोमबार  


नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गएको हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताा।ए

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले बताए । उनलेे भने, “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ,त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए । हाल दाङबाट काठमाडौँ जाँदा र सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने भएको छ।

अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उनको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताउम्हछन्।

उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।टरिगाउँ विमानस्थल विस्तारकाे नाममा दर्जनौं पटक डेलिगेसन,भेटघाट र आश्वासन बाहेक केही उपलब्धि देखिन्न। विमानस्थल विस्तार कहिले हुन्छ ,कुनै टुंगो छैन।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित