४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

प्रधानमन्त्री प्रकाेप उद्दार काेषमा झण्डै पाैने २ अर्ब संकलन,पीडितकाे भने बिचल्ली !


२१ आश्विन २०८१, सोमबार  


अविरल वर्षातकाे कारण आएकाे बाढी पहिराे र डुबानमा परेका पीडितकाे राहतका लागि सरकारी काेषमा करिब पाैने दुई अर्ब संकलन भएको छ।

यही असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानमा परेका पीडितलाई राहत र पुनस्र्थापनाका लागि सरकार रकम जम्मा भएको हाे।

प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म एक अर्ब ६२ करोड ९७ लाख ७३ हजार ८३७ रुपियाँ जम्मा भएको छ।
यश कोषमा अहिलेसम्म सबैभन्दा बढी
ग्लोबल आइएमई ग्रुपले पाँच करोड रुपियाँ उपलब्ध गराएको छ ।

जसमा ग्लोबल आइएमई बैंकले चार करोड ५० लाख, आइएमई लिमिटेडले २० लाख, आइजिआई पु्रडेन्सियल इन्स्योरेन्सले १५ लाख र आइएमई लाइफ इन्स्योरेन्सले १५ लाख गरी कुल पाँच करोड रुपियाँको चेक ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई आईतबार हस्तान्तरण गरेका हुन्। त्यसै गरि नेपाल बैंक लिमिटेडले उद्धार कोषमा दुई करोड रुपियाँ उपलब्ध गराएको छ ।

नेपाल बैंक लिमिटेडले दुई करोड रुपियाँको चेक हस्तान्तरण गरेकाे हाे।त्यसैगरी नेपाल निर्माण व्यवसायी विकास परिषद्ले सरकारलाई एक करोड रुपियाँको चेक हस्तान्तरण गरको छ ।


यस्तै सत्तारूढ नेपाली कांग्रेसले पनि आइतबार काेषलाई ५० लाख र एमालेले पनि ५० लाख रुपियाँ उपलब्ध गराएको छ ।

यसअघि गत शुक्रबार कृषि विकास बैंकले एक करोड ५० लाख रुपियाँ, नेपाल एसबिआई बैंकले २५ लाख रुपियाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३१ लाख रुपियाँ, नेपाल पूर्वाधार विकास बैंकले २५ लाख रुपियाँ, ओरियन्टल इन्स्योरेन्सले १५ लाख रुपियाँ, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीले ५१ लाख रुपियाँ काेषलाई बुझाएका थिए।


यस्तै,गएको मङ्गलबार राष्ट्रिय वाणिज्य बैंले दुई करोड रुपियाँ र भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपियाँ र गैरआवासीय नेपाली संघ (एनआरएनए) पनि एक करोड रुपियाँ सहयोगको घोषणा गरेकाे छ ।
संसदमा रहेका दलहरूले पनि सहयोगकाे घाेषणा गरेका छन् । सरकारी काेषमा सहयोग आउनेक्रम जारी भए पनि पीडितकाे हातमा पुगेको छैन। बाढी पहिरो र डुबानमा परेकाे करिब १० दिन भैसक्दा पनि पीडितले एक गास खान र सुत्ने छानाे पाका छैनन् । पीडितकाे हातमा सहयोग रकम पुगिहाल्छ भन्ने स्थिति छैन।सरकारी संयन्त्र पूरै भ्रष्ट छ।बालुवाटारदेखि वडासम्म कमिसनको खेती चल्ने भएकोले सरकारी काेष पीडितका लागि कागलाई बेल पाक्याे हर्ष न विस्मात झै भाछ।विपतमा समेत राजनीतिक रङ मिसाएर सरकारी रकमकाे दुरुपयोग विगतमा पनि भएका थिए,यसपटक पनि नहाेला भन्न सकिन्न ।किनकि काेराेना बेला पनि चरम भ्रष्टाचार भएको थियोे ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित