३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

क्या, जेन्टलमेन दुर्गा सर ! सुशीला म्याडमका सारथि !


१ चैत्र २०८२, आइतबार  


सुशीला म्याडम ! देशको भरोसा र भाग्यकी प्रधानमन्त्री । उनी कार्यकारी प्रधानमन्त्री मात्रै होइनन् । भाग्यमानी सफल प्रधानमन्त्री पनि उस्तै हुन् ।

कुनै पनि व्यक्ति यसरी सफल हुनुमा पर्दापछिको सारथिको ठूलो योगदान रहन्छ । यीनै सुशीला म्याडमको सफलताको व्याकबोन ती मानिस हुन् । जसले यी सुशीलाका लागि हरपल सधै खडा हुन्छन् र भए । त्यस्ता मानिस हुन्, सुशीलाको जीवनसाथी दुर्गा सुवेदी ।

सुशीलाको सफलताको पछि आडभरोसा दिने उनै दुर्गाको साथ र समर्पनले सुशीलाले हरेक घुम्तीका कठिन मोड छिचोल्न र आफ्नो सपना छिमोल्न हरेक सिढीमा सफल भईन् । जेनजी विद्रोहपछिको भयावह अवस्थामा मुलुक सम्हाल्ने ऐतिहासिक दायित्व र जिम्मेवारी बहन गरिन् उनले ।

उनलाई सफल बनाउने रचनाकार हुन्, उनै सुशीलाका श्रीमान् दुर्गा सुवेदी । २१ फागुनमा चुनाव हुन्छ या हुन्न भन्ने दोधोरमै थियो, मुलुक । यद्यपि प्रधानमन्त्री सुशीला कार्की आफ्नो बचनमा अडिग थिईन् र भइन् । जुन कुरा उनले व्यवहारद्वारा सिद्ध पनि गरिन् ।चुनावको तयारी हुँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूलाई भनेकी थिइन्, ‘यो चुनावमा एक थोपा रगत नबगोस्।’ थुप्रैले अविश्वास गरेका थिए। कतिपयलाई लाग्थ्यो– यो मितिमा चुनावै हुँदैन।तर, सुशीलाले हार मानिनन्। चुनाव तोकिएकै मितिमा भयो। र, एक थोपा रगत नबगी भयो। त्यसैले आलोचकहरू पनि उनका प्रशंसक बन्न थालेका छन्। शंका गर्नेहरू चुप लागेका छन्। षड्यन्त्रका लम्बेतान कहानी रच्नेहरू नाजवाफ भएर मौन छन् ।

यति जोखिमपूर्ण घडीमा पनि देशभर एकै चरणको निर्वाचन गराएर सफल प्रधानमन्त्रीको रुपमा सुशीलाले इतिहास रचिन् । जतिबेला सुशिलाले देशको नेतृत्व सम्हालिन्, त्यत्तिबेला सडकमा रगतको आहाल जमेको थियो। सिंहदरबारलगायत सत्ताका केन्द्रहरूबाट धुवाँको मुस्लो उठिरहेको थियो र जनमानसमा एउटै त्रास थियो ।

यस्तो भयका बीच बालुवाटार पसेकी सुशीलाले अनेक आशंका र अविश्वासका माझ अभूतपूर्व संकट र अनिश्चितताबाट मुलुकलाई पार लगाइन्। समय ६ महिनाको मात्रै किन नहोस् ।सुशीलाले नेपाली राजनीतिक इतिहासको अत्यन्त महत्वपूर्ण समय हाँकिन्। र, यो कठिन घडीमा सुशीलाका पछाडि उनको आड बनेर सँगै उभिएका थिए उनका श्रीमान् – ‘फस्ट जेन्टलम्यान’ दुर्गा सुवेदी ।

निडर प्रधानन्यायाधीशबाट निर्भीक प्रधानमन्त्रीसम्मको यात्रामा दुुर्गा सुवेदी आदर्श जीवनसाथी मात्रै बनेनन्। कहिलेकाहीँ मार्गदर्शक पनि बनेर सघाए । तथापि, शक्तिको रवाफको कुनै संकेतसम्म उनीमा भएको पाइएन । न कुनै तडकभडक, न घमण्ड। दुर्गा आम नागरिकभन्दा फरक देखिएनन् र छैनन् पनि । महात्मा गान्धीबाट प्रभावित उनको व्यक्तित्व त्यस्तै सरल छ र सरलै रह्यो ।

देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भइ मुलुकमा नयाँ सरकार बन्ने तरखरमा छ । रास्वपाले दुई तिहाइ बहुमत ल्याएपछि उसले सरकारको बागडोर सम्हाल्दैछ । बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने गरी रास्वपाले आन्तरिक तयारी गर्दैछ । गएको दश दिनयता विस्तारै मुलुक उज्यालोतिर उन्मुख हुँदैछ । यही बेलमा उनै दुर्गाले बालेनलाई प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न आग्रह गरिसकेका छन् । उनलाई एउटै चिन्ता छ, विगतमा माओवादीले पाएको अथाह जनमतको जस्तै रास्वपाले पनि अवमूल्यन नगरोस् भन्ने छ । देशले अब विद्रोह होइन, विकास र समृद्धिको यात्रा तय गरोस् भन्ने दुर्गाको शुभेच्छा छ। पक्कै पनि आगामी दिनमा बन्ने बालेन सरकारले पनि दुर्गा सुवेदी सहित आम नेपालीको अपेक्षा अनुसार काम गर्न सकोस् । ००००

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित