१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नयाँ वर्ष २०८२ मा, दलीय दास र रैती प्रवृत्तिको अन्त्य होस्


१ बैशाख २०८२, सोमबार  


कथित कम्युनिस्ट होउ्न् या निरंकुश शाही सत्ताका दास र नोकर या रैती।यी अब मानव जातिका लागि घातक हुन् र छन् ।

अबको समाज कसैको देवत्वकरण र राक्षसीकरणको रटान लगाउने गलत भाष्यमा अल्झिरहन्न। दलका दास या कथित राजाका रैतीहरूको अस्तित्व लगभग छैन।

नेपाली समाजको स्वतन्त्रता र सिर्जनशीलताका अघि यस्ता नक्कली वाद र वंशहरू टिक्ने छैनन् र टिक्न दिनु हुन्न पनि। अढाई सय वर्षे वंशवाद हो या दुई सय वर्ष अघि लेखिएका कम्युनिस्ट ठेली यी सबै पत्रु भैसके। ती ठेली घोकाएर नेपाली जातिलाई यान्त्रिक र जड बनाउनु र बन्नु सबैभन्दा बढी उल्लु काम हुनेछ,अब ।

कम्युनिस्ट या गैर कम्युनिस्ट आवरणमा भएका र गरिएका कृत्रिम र नौंटकीले समाज बदलिदैन ।बरू कसैको अन्धभक्त र दासको पिँजडामा थुनिन्छ भन्ने बुझिसकेको छ,याँ पुस्ताले। मानवीय स्वतन्त्रता प्रकृतिप्रदत्त अधिकार हो।यो नैसर्गिक अधिकार यहाँका गणतान्त्रिक शासक होउन् या राजा महाराजा नै किन नहुन्।यी कसैले दिएका पनि होईनन् र दिने कुरा पनि होईन। यो शाश्वत सत्य अधिकारको उपयोग गर्दै मानव जाति स्वतन्त्रता र निर्भयतको साथ बाँच्छ र बाँच्नुपर्छ, अब।

राजनीतिक दलका नाममा थोपरिएका दासता र निरंकुशताको पर्खाल नभत्काई नेपाली जाति स्वतन्त्र रहन सक्दैनन् ।त्यसका लागि अमूक दल या झुन्डलाई त्याग्न सक्नुपर्छ । स्वतन्त्र विचार र विवेकले समाजलाई बुझ्ने र बदल्ने कोशीस गर्नुपर्छ।

कम्युनिस्टले प्रयोग गर्ने कथित सर्वहारा अधिनायकवाद, जनवादी केन्द्रीयता जस्ता अस्त्र होउन् या कांग्रेसले भन्ने प्रजातान्त्रिक समाजवाद यी नेपाली जातिलाई दास र नोकर बनाउने थोत्रा हतियार हुन्। यस्ता थोत्रा विचारयुक्त औजारले नेपाली समाज बदल्न पनि सक्दैन ।

बरू,कथित नेतालाई सधैं माथि र महान मात्रै बनाउँछ। दलभित्र नयाँ दास र नोकर निर्माण गर्दछ र गरेको छ।जहाँ नेताले बोल्ने र गर्ने व्यवहार सही या गलत भए भन्न पनि पाईदैन,प्रश्न उठाए औलो काटिईन्छ।। अनुशासनको तरबारले विचारको घाँटी रेटिन्छ। ओली शासनमा भीम रावल पनि रेटिए।

यो लोकतान्त्रिक हिटलरी प्रवृत्ति एमाले ,माओवादी ,कांग्रेस र राजावादीमा सबैतिर व्याप्त छ। उनीहरूले यस्तो संरचना बनाएका छन् ।जहाँ नेताले जीवन भर लुटिरहन्छ, उसको जीवन स्वर्ग बन्छ, उसका आ फन्तको जीवनचर्या नै बदलिन्छ र बदलिएको छ।

आज प्रचण्ड ओली, देउवा र ज्ञानेन्द्र शाह र तिनका आसेपासेको जीवनशैली हेरौं ,जवाफ काफि छ।उनीहरूको आ य श्रोत के हो , प्रधानमन्त्री ,सांसद र मन्त्री भएको भरमा यति धेरै सम्पत्ति थुप्रिन्छ कसरी रु यो अहिले पुस्ताले सोधिरहेको छ ।उनीको एकल शासन र लुट धन्दाको बहिखाता खोजिरहेको छ।

लोकतन्त्रको आवरणमा खडा गरिएका संगठनका नेता र तिनका वफादार फौज कसरी पालिएका छन् उनका नेताका जयजयकार गर्न पालिएका यस्ता मान्छे हरूको आ र्थिक श्रोत के हो मान्छेरूपी यी भेडाले जयजयकार किन गरिरहेका छन् ? यीनीहरूको विवेक र विचारको तालाचाबी नेताको मुठ्ठीमा छ र हुन्छ । जसले गर्दा नेताको खराब काममाथि प्रश्न उठाउन सक्दैनन् । यस्तो विडम्बनापूर्ण स्थितिमा लोकतन्त्र गुज्रिरहेको छ। तर, यस्तो प्रवृत्तिको पर्खाल छिट्टै ढल्ने छ। परिवारवाद र वंशवादको माखे साङ्लो चुडिने छ।यो लुटको स्वर्ग एकदिन अवस्य ढल्ने छ।

व्यक्तिगत स्वतन्त्रता मानव जातिको केन्द्रीय तत्त्व हो । तर, नेपालमा कम्युनिस्ट या कांग्रेस होउन् या राजावादी समूह । यी सबै समाजमा शोषण गर्ने संगठन हुन्।यीनले हाम्रो विवेक क्षमता, दक्षता र स्वतन्त्रतामाथि सधै अंकुश लगाउँछन् ।

जीवनभर उनकै नोकर दास र रैती बनाउँछन् र बनाइरहेका पनि छन् ।लोकतन्त्र भित्र यो दासता, नोकर प्रवृत्ति र रैती चेतनामा बदलाव आउनुपर्छ। मानव जाति आ फैमा सर्वश्रेष्ठ प्राणी हो। हरेक मानव आफैमा सर्वश्रेष्ठ हो । हर मानिसको विविध आयामका क्षमता र दक्षता हुन्छन् । जन्मेको आधारमा कोही ठूलो र सानो हुदैन । कोही भगवान विष्णुको अवतार पनि हुदैन । यी जे जस्ता भ्रम फिजाईएको छ। यी सबै मानव जातिमाथि सिमित ठालूहरूले शोषण र शासन गर्न बनाइएका झेली र षड्यन्त्रका तानाबाना हुन्।

प्रकृतिको काखमा जन्मिएको मानव जाति प्रकृतिको नियम र प्रक्रियामा चल्छ र चल्नुपर्छ ।प्रकृति अन्तिम सत्य हो। यसको शाश्वत सत्य नियम अनुसार संसार भरका समाज अघि बढीरहेका हुन्छन् । प्रकृतिको अस्तित्व नै मानव जाति लगायत समस्त प्राणीको अस्तित्व हो।


प्रकृतिमा आधारित विचार र दृष्टिकोणले समाज अघि बढ्छ। यहाँ कुनै वादका नाममा कम्युनिस्ट वा कांग्रेसको कित्ताबन्दी चल्ने छैन ।यस्ता वादका नाममा समाज र देशलाई लुट्ने र जनतालाई दास,नोकर र रैती बनाएर ठग्ने दिन विस्तारै जाँदैछन्।


मानव जाति माथि शोषण र शासन गर्न बनाइएका औजारहरू जस्तैः उदारवाद, समाजवाद, राष्ट्रवाद, जनवाद, केन्द्रीयता, सर्वहारा अधिनायकवाद जस्ता विषयमा अबका दशकमा चर्चा र परिचर्चा हुन छोड्नेछ । किनभने मानव समाज ती नक्कली शोषण र शासनका पर्खालाई नाघेर अघि बढ्नेछ । आ जको मानव जाति स्वतन्त्रताको प्राकृतिक युगमा धेरै अगाडि बढिसकेको छ,प्राकृतिक स्वतन्त्रता सँगसँगै प्राकृतिक नियम र सभ्यतामा फर्किंदै जानेछ ।

पर्यावरण र प्रविधि उसका महत्त्वपूर्ण मुद्दा हुनेछन् । पर्यावरण विना उसको अस्तित्व हुने छैन भने प्रविधि विना जीवन पनि सहज नहुन सक्छ । उसको प्रधान मुद्दा पृथ्वी जोगाउने हुनेछ । पृथ्वी रहे मानव सभ्यता रहन्छ भन्ने बुझेको नयाँ पुस्ता पर्यावरणको संरक्षण गर्दै प्रविधि र वैज्ञानिक खोज, अनुसन्धान, शिक्षा आदिमा केन्द्रित हुनेछ। कथित नेता होउन् या धर्मका ठेकेदारहरूको एकल शासन सत्ता र समाजहरू ढल्ने छन् र भत्किने छन् । नागरिक स्वतन्त्रता निकै बलियो र सार्वभौम हुनेछ। यीनै विवेक र विचारयुक्त नयाँ पुस्ताले सिंगो विश्व समाज हाँक्ने छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ३६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित