१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

दाङको आकाशमा उडान भर्नेहरूका सपना !


२४ जेष्ठ २०८१, बिहिबार  



मिति हुँदाे हाे, २०६८ साल मंसिर महिना १२ गते शनिबारकाे दिन।जुन दिन पहिलोपटक दाङको अाकाशमा पंखाविहिन मानिसहरू उडेका थिए।एशियाकै ठूलो उपत्यका हाे, भनिन्छ दाङलाई।महाभारत पहाडकाे काख र शिवालिक( चुरे) पहाडकाे नागबेलीमा फ‌ैलिएकाे विशाल उपत्यकाकाे संगम भूमि दाङ- देउखुरी ।द्राेण – देउखरबाट दाङ- देउखुरी भएको यश प्रकृतिको अनुपम छटाले सिँगारिएकाे छ यश भूमि ।


एयर स्पाेर्टस् एशाेसियशन पाेखरा उपाध्यक्ष तथा पाईलट याेगेश भट्टराईकाे नेतृत्वमा ६ जना पाईलटले उडानकाे सफल परीक्षण गरेकाे थिए,सफल उडान पछि पाईलट भट्टराईले पूर्वाधारमा जाेड दिन सरकारी तथा निजी क्षेत्रलाई पहल लिन सुझाएका थिए।तर, पहिलोपटक १३ वर्ष अघिकाे प्याराग्लाईडिङ सफल परीक्षणपछि यसकाे व्यवसायीक विकासका लागि भने कसैले ध्यान दिएको देखिन्न।

करिब ७ लाख मानिसहरूकाे सपना बाेकेकाे जिल्ला हाे,दाङ – देउखुरी ।प्रकृतिका अनुपम छटा,अनि विविध जातजातिको बासस्थान साँच्चिकै लाेभ लाग्दाे छ,जसले देश दुनियाँलाई स्वर्गीय अानन्द दिन सक्छ र दिन्छ पनि ।यही विशिष्ट गन्तव्य हाे, दाङ देउखुरी । जसकाे पूर्वी शीरबाट उत्पत्ति हुन्छिन् सरजु( बबई ) नदी । यही प्राचीन सरजु नदीकाे मुहाननिरै छ, सवारीकाेटकाे डाँडाे।जहाँबाट दाङ- देउखुरी उपत्यकाका बस्ती अनि प्रकृतिकाे विशिष्ट अनुमप र मनमाेहक सुन्दर दृष्य देखिन्छन् छ्याङै।

स्वदेशी हाेउन् या विदेशी पाहुनालाई राेमान्च र साहसिक मनाेरन्जन दिन मात्रै हाेईन,यश क्षेत्रका मानिसहरूकाे बस्ती बस्तीमा उद्मम ,राेजगारी ,उत्पादन र बजारकाे प्रवर्द्धन गर्ने संकल्प थियोे ,उडान भर्ने युवाहरूको ।राजधानीमा बसेर अाफ्नै दाङको विकासमा तल्लीन भएर लागेको थिए,ती युवाहरू । जसले सवारीकाेटकाे डाँडाेबाट पहिलोपटक पंखाविहीन उडान भरेका थिए। अाज भन्दा १३ वर्ष अघि दाङको अाकाशमा उड्ने पंखाविहिन युवाहरूकाे अग्रभागमा सम्न्वयकर्ता थिए,युवा अभियान्ता निरन्जन श्रेष्ठ ।निरन्जनसहितका युवाहरूले यही दाङको सवारीकाेट डाँडाबाट उडान भरेका थिए ,प्याराग्लाडिङबाट ।”त्यो उडान क्षणिक मेला जात्रा भर्न थिएन,समग्र दाङ- देउखुरीकाे पर्यटन विकासकाे लागि त्यो साझा काेशीस थियोे” युवा व्यवसायी निरन्जन श्रेष्ठ स्मरण गर्छन् ।

करिब ३ लाख दंगाली युवाहरूको सपना हाे,दाङ देउखुरी समृद्ध बनाउने सपना।तर,राज्यका जिम्मेवारहरूकाे कानमा बतास चलेको छैन।कृषि र पर्यटन दाङको विकासका मुख्य अाधार भए पनि स्पष्ट नीति र ठाेस याेजना छैन।जसकाे परिणाम लगानीको प्रतिफल पनि देखिन्न।

प्रकृति र संस्कृतिकाे संरक्षण र सम्वर्धनबाट विकास सम्भव छ।तर,साझा साेचकाे अभावले लाखाै युवाहरूकाे सपना पनि हावामा उडिरहेको छ।प्याराग्लाडिङकाे पंखाविहीन उडान जहाँको तँही कुँजियाे अहिलेसम्म ।हजारौं युवाहरू विदेशी भूमिमा छन्,अाफ्नै मातृभूमिलाई हृदयमा साँचेर,भाेलिकाे सपना तुन्दै।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित