३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

विश्व बैंक भन्छ – ‘आगामी दुई वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुनेछ’


२१ चैत्र २०८१, शुक्रबार  


विश्व बैंकले यो वर्ष नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ।

आन्तरिक व्यापार, जलविद्युत  र  धान उत्पादनमा भएको वृद्धिले नेपालको आर्थिक वृद्धिदरमा सुधार भएको उसले बताएको हो।

अर्थतन्त्रमा देखिएको सुधारले आगामी दुई वर्षमा आ र्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०८/र८१ मा नेपालको अर्थतन्त्र ४।५ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको छ। गएको असोजमा गएको बाढी पहिरोले अर्थतन्त्रमा असर गरेपनि पुनर्उत्थानका लागि सरकारले अगाडि सारेका कामहरुले आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुग्ने विश्व बैंकको दाबी रहेको छ। 

यद्यपी यो वर्ष नेपालको आन्तरिक व्यापार, जलविद्युत  र  धान उत्पादनमा भएको वृद्धिले नेपालको आर्थिक वृद्धिदरको वास्तविक अवस्था देखाउने अपेक्षा विश्व बैंकले लिएको छ। आगामी आर्थिक वर्षहरु २०२५/२६ र २०२६/२७ नेपालमा ५.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। जसमा सेवा क्षेत्रको महत्वपुर्ण योगदान रहने बताइएको छ। 

सरकारले चालू आर्थिक वर्ष ६ प्रतिशतले नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) बढ्ने अनुमान गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको राष्ट्रिय तथ्यांक कार्यलयको अनुमान छ। राष्ट्रिय तथ्यांक कार्यलयले पछिल्लो समय अर्थतन्त्रका सम्पुर्ण क्षेत्रहरु सकारात्मक हुँदै गएको प्रक्षेपण गरेको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले आफ्नो प्रक्षेपण सार्वजनिक गरेसँगै विश्व बैंकले पनि नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रमा सुधार भइरहेको तथ्य सार्वजनिक गरेको छ। राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीति र निर्माण क्षेत्र तथा खुद्रा व्यापार सुस्त हुँदा नेपालको अर्थतन्त्र चलायमान हुन सकेको थिएन। 

तर पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेको नीतिगत सुधारका कारण अर्थतन्त्र चलायमान हुन थालेको छ। सरकारले उद्योगहरुमा २४ घण्टा नै विद्युत आपुर्ति गर्न थालेपछि उत्पादनमा वृद्धि हुन थालेकाले मुल्य घटेको छ। 

बैंकहरुको अधिकांश ऋणको ब्याजदर एकल अंकमा आएको छ। खासगरी व्यक्तिगत आवासमा दिइने कर्जाको ब्याजदरमा उल्लेखिय गिरावट आएकाले निजी घरहरु वन्नेक्रम बढेको छ। यसले पनि चालु आर्थिक बर्ष आर्थिक वृद्धिदर बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। थोक तथा खुद्रा व्यापार पनि बढिरहेको राष्ट्रिय तथ्यांक कार्यलयले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ६ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित