४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

आँसुको बलेन्द्री धारा, त्रिशुली पहिरोमा बगेका आफन्तहरुको…


२८ असार २०८१, शुक्रबार  


आफन्त बस चढेर घरमा टुप्लुक्क आइपुग्ला भनेर प्रतीक्षामा थिए, त्रिशुली पहिरोमा बगेका आफन्तहरु । मौसम अनुकूल थिएन,रातभर अविरल वर्षा भइरहेको थियो । बाढी पहिरोको उच्च जोखिम हुँदा हुँदै पनि गन्तव्यमा पुग्नु थियो, उनीहरुलाई। घरमा परिवारजनसंग विदाइ भएर निस्किएका थिए र पुग्दै थिए गन्तव्यमा । जब चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुइवटा सवारी साधन आइपुगे । तब माथिबाट लेदोसहित पहिरो खस्यो। बस भित्र रहेका चालकसहित यात्रुहरुले ऐया पनि भन्न पाएनन्। ती यात्रु मध्ये पहिरो खसेको थाहा पाएपछि तीन जना हाम फालेर ज्यान बचाए, भने ५१ जना त्यही पहिरोसहित त्रिशुलीमा पुगे ।


उनै ५१ जनाको घर परिवार यतिबेला शोकमा छ। आफन्त आइपुग्लाकी भनेर आशामा छन्। आफन्तकै पर्खाइमा रहेका उनीहरुका आँखामा आँसुको बलेन्द्री धारा बगेको छ। परिवारजनले अबिलम्ब आफन्तको खोजी गरिदिओस् भन्दै पर्खाइमा बसेका हुन्। दुघर्टना भएलगत्तै प्रहरी घटनास्थलमा पुग्यो । दुघर्टनास्थलमा खोजी कार्य बिहानैदेखि लाग्यो खोज तथा उद्दार टोली । तर, यो खबर सामग्री तयार पार्दासम्म पनि पहिरोम हराएकाहरु कोही भेटिएका छैनन्। दुघर्टना भएलगत्तै गोताखोरसहितको टोलीले नदीको तीन सय मिटर तलसम्म खोजतलास गर्दा पनि कसैलाई फेला पार्न नसकिएको हो ।

प्रहरीलाई प्राप्त विवरण अनुसार ५१ जना यात्रु अहिलेसम्म हराइरहेकोको नेपाल प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले सरजु अनलाईन डटकमसंग बताए। उनी भन्छन्, “वीरगञ्जबाट काठमाडौ आउँदै गरेको बसमा ३० जना र काठमाडौबाट गौर जाँदै गरेको बसमा २४ जना यात्रु रहेको तथ्याँक छ,ती बसमा बीच बाटोबाट पनि यात्रु चढेको हुन सक्ने देखिन्छ। यद्यपि को कति चढे भन्ने प्रहरीसंग एकिन तथ्यांक छैन ।प्रहरीलाई प्राप्त विवरण अनुसार आधिकारिक तथ्यांक ५१ जना मात्रै हो ।ती ५१ जना अहिलेसम्म हराइरहेका छन्। बिहानदैनि गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेपनि यतिबेलासम्म कसैलाई फेला पार्न सकिएको छैन ।” यात्रु सवार बस फेला परे नपरेको विषयमा उनी थप भन्छन्, “पहिरोमा बगेकाहरु कसैलाई फेला पार्न नसकिएको मात्रै होइन, यात्रु सवार बस समेत भेटिएको छैन, खोज तथा उद्दार टोलीले बिहानैदेखि खोजी कार्य जारी राखेपनि अहिलेसम्म यात्रुसंगै सवार बस पनि फेला नपरेको हो ।”

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौ आउँदै गरेको बा.प्र.३००६ ख १५१६ को एन्जेल रात्रीबस र काठमाडौबाट गौर जाँदै गरेको बा.प्र.०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स रात्रीबस दुघर्टनमा परेका थिए। नारायणगढ मुग्लिड सडकखण्डको सिमलतालमा शुक्रबार बिहान ३ः३०बजेको समयमा सडकमाथि पहिरो खस्दा लेदोसहितको पहिरोमा बस बगेका थिए।पहिरोमा बगेर बेपत्ता भएकाहरुको नाम ठेगानाको विवरण प्राप्त भएपनि उनीहरु कहाँ छन्? कस्तो अवस्थामा छन् भन्ने कुरा यो सामग्री तयार पार्दासम्म थाहा लागेको छैन। बिहानदैखि खोजी कार्य जारी राखेपनि अहिलेसम्म प्रहरीले कोही कसैलाई पनि भेटाउन नसकेको हो ।

शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा बेपता भएको उक्त बसमा सवार २९ जना यात्रुमध्ये अधिकांशको नाम र ठेगाना सार्वजनिक भएको हो ।काठमाडौँबाट गौर आइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेको थियो । बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए ।सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले बताएको छ, भने बेपत्ता हुनेमा बली राउत पटेल, हरिचन्द्र यादव, राज पटेल, पर्शुराम साह बनिया, मिना देवी साह, नरेश साह बनियाकी श्रीमती रिन्कु साह बनिया रहेका छन् । यस्तै प्रिन्स जैसवाल, अकलु राउत पटेल, गुडु पटेल, सिनोज दास, बसका सहचालक लक्ष्मण यादव, सहुप मिया, नरेश साह बनिया, गाडी चालक किशोर कुमार चौधरी बेपता भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।अन्य यात्रुको पहिचान खुल्न नसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ३९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित