विद्याथी राजनीतिबाट उदाएका व्यक्तित्व हुन्, अजयबहादुर पाण्डे । उनी लामो राजनीतिक संघर्षबाट स्थापित भएका एक जनप्रतिनिधि हुन्। सरल, सहज, मृदुभाषी र शालीन व्यक्तित्वको छवि बनाएका उनी सूदुरपश्चिमको दशरथचन्द नगरपालिका वडा नम्बर ३ बैतडीका वडाध्यक्ष हुन्। विशेष गरी नेपालको कम्युनिष्ट आन्दोनलसंग जोडिएर राजनीतिक जीवनमा सक्रिय उनी जनताको सेवालाई सधै प्राथमिकतामा राखेर काम गर्ने गर्दछन्। किसान परिवारमा जन्मिएका उनका जीवन संघर्ष र उतारचढावका कथाहरु धेरै छन्।
विक्रम सम्वत २०३५साल बैशाख २८ गते बुबा चन्द्रबहादुर पाण्डे र आमा जानकी पाण्डेको कोखबाट उनको जन्म भएको थियो। पाँच भाइहरुमा उनी माइलो छोरा हुन्। उनका दुई दिदी र एक बहिनी रहेका छन्।उनका श्रीमती हिरा पाण्डे, छोरा मुकेश पाण्डे र छोरी सन्जु पाण्डे हुन् । विक्रम सम्वत २०५४ सालमा गोकुलेश्वर उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका(एसएलसी) परीक्षा उत्तीर्ण गरेका थिए, भने २०५६मा गोकुलेश्वर उच्च माध्यमिक विद्यालयबाट प्रविणता तह ( कक्षा १२) को परीक्षा उत्तीर्ण गरेका छन्।उनले पुर्ना डोटी भन्ने संस्थाबाट योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम पनि लिएका छन्। यस्तै जेबीआरको तालिम पनि लिएका छन, भने पालिकाको प्रवक्ताको तालिम समेत उनले सुदूरपश्चिम प्रदेश सरकारबाट लिएका थिए । यसका साथै विभिन्न गैरसरकारी संस्थाहरुबाट पनि उनी तालिम प्राप्त व्यक्ति हुन्। उनीसंग आधारभूत कम्युटर ज्ञान छ। सूचना प्रविधिसंग नजिकै रहेर उनी समसामयीक विषयको जानकारी लिने गर्दछन् ।
राजनीतिक जीवनः वडाध्यक्ष पाण्डे, विक्रम सम्वत २०५२ सालदेखि विद्यार्थी आन्दोलनमा समाहित भएका थिए । विद्यार्थी राजनीतिको समयमै घरायशी कारण उनी केही राजनीतिक जीवनबाट अलग भएका थिए । २०६२÷ ६३ को जनआन्दोनलदेखि फेरि उन िप्रत्यक्ष राजनीतिमा जोडिए । दोश्रो जनआन्दोलनपछि माओवादी बैतडीको पार्टी जिल्ला कमिटी सदस्य भए। प्रचण्ड र बाबुरामको विचारबाट प्रभावित भएर उनी माओवादी समाहित भएका थिए। नेकपा एमाले र माओवादीको एकताबाट बनेको नेकपामा उनी पनि समाहित भए । तर, २०७५को एकतापछि नेकपा विभाजन भएपछि उनी एमालेमै रहे । उनी माओवादीको जनाधार कमजोर देखेपछि एमालेमै फकिएका । एमाले बैतडीको जिल्ला सदस्य भए। एमालेको दशरथ चन्द नगरपालिकाको नगर कमिटीको अध्यक्षको जिम्मेवारी पाए । २०७९ को स्थानीय तह निर्वांचनमा उनी एमालेको सूर्य चिन्ह लिएर वडामा पहिलो पटक निर्वाचित भए । ११ वडामा एमालेले ७ वटा वडा जितेको छ। जसमा उनले एक सय मतको अन्तरले विजय हासिल गरे । वडाध्यक्ष पाण्डेल खसेको ८२६ मतमा ३९३ मत पाएका थिए । उनका निकतम् प्रतिद्धन्द्धी जगदीश क्षेत्रीले करिब ३ सयको हाराहारीको मत पाए ।
सामाजिक जीवनः विक्रम सम्वत २०६५ तिर सेती महाकाली होटेल सुन्धारा काठमाडौमा सञ्चालन गरेका थिए । त्यत्तिबेला उनी सुन्धारा होटेल व्यवसायी समितिको कोषाध्यक्ष भएका थिए । विक्रम सम्वत २०६८तिर काठमाडौ बैतडी सम्पर्क मन्चको सदस्य बने । विक्रम सम्वत २०७२ देखि स्वयम्भु लाइन्स क्लवको सदस्य हालसम्म कार्यंरत रहेका छन्। वडाध्यक्ष पाण्डे,कुलौन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन्। उनी विक्रम सम्वत २०७९ मंसिरमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । कोरोना कालमा माक्स कम्पनी खोलेर व्यवसाय सन्चालन गरेका उनी १ वर्ष सन्चालन गरेर पुनः राजनीतिमा सक्रिय भए ।
वडाको अवस्थिति : वडा कार्यालय पुरानो छ। पन्चायत कालमै निर्माण भएको हो । एक तलाको भवन रहेको छ। वडाको घरधुरी संख्या पाँच सय रहेको छ। यस वडाको जनसंख्या २५ सय बढी छ। वडाको मतदाता संख्या१३ सय हो भने, यहाँ बाहुन क्षेत्री दलितको बस्ती रहेको छ। एक दुइ परिवार जनजातिहरु पनि रहेका छन्। यस वडाको सिमाना पूर्वमा दशरथचन्द नगरपालिकाको वडा नम्बर १, पश्चिममा यसै पालिकाको वडा नम्बर ४ र ६ रहेका छन्। उत्तरमा नगरकै वडा नम्बर २ रहेको छ। साविकको दुर्गाभवानी गाउँविकास समितिबाट हाल वडा बनेको हो । यस वडामा टोलहरु १० वटा रहेका छन्। कन्सना टोल, पारी बरकुराली वारी बरकुराली २ र ४, खतेडी, ढ्यादीदुङरी, जोशीगाउँ, टाकगाउँ, बोग्गाउँ बलगाड, शेराली , कुनिभिटा -गुरु गाउँ, माथिल्लो शेराली हुन्। यस वडाबाट वैदेशिक रोजगारीमा जानेहरु विशेष गरी भारत,खाडी,कोरिया, अमेरिका र युरोपमा रहेका छन्। युरोप अमेरिका जानेहरु अध्ययनका लागि पुगेका छन्। एक सय हाराहारीका युवाहरु वैदेशिक रोजगारीमा पुगेको तथ्यांक छ।
शैक्षिक अवस्था : यस वडामा ४ वटा विद्यालय रहेका छन्। एउटा कक्षा १२सम्मको कुलौन माध्यमिक विद्यालय खतेडी रहेको छ। त्यस्तै बरमनाथ आधारभूत विद्यालय वरकुराली, बटैराज आधारभूत विद्यालय कन्सना, मिलननाथ आधारभूत विद्यालय कुणीभिटा हुन्। कुलौन माध्यमिक विद्यालयमा ४ सय विद्यार्थी बढी अध्ययनरत छन्। आधारभूत विद्यालयमा २ सय विद्यार्थीले अध्ययन गर्दछन्, भने यी विद्यालयहरुमा ४५ जना शिक्षक कार्यरत जति छन् ।
सडक पूर्वाधार : यस वडामा कच्ची सडक वडा कार्यालयको मुखैसम्म जोडिएको छ। सदरमुकामबाट छेला -दुर्गाभवानी सडक नामले जोडिन्छ। वडाभित्र १० किलोमिटरको सडक विस्तार भएको छ, र निङ्ग्लाशैनीको गेटको छेवैबाट अर्काे सडकले वडा कार्यालयसम्म जोडिन्छ।वडाको सबै टोलमा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रशारणको लाइनको विद्युतले पाँच सय घरधुरीमा उज्यालो दिएको छ।
कृषि तथा पशुपालन : यस वडाको बलगाड, जोशीगाउ ,टाग्काउँ कन्सना, ढ्यादीदुङरी खेतीयोग्य क्षेत्र हुन्। यस वडाको कुल क्षेत्रफलमा ४० प्रतिशत जमिन खेतीयोग्य रहेको छ। जसमा सिचाइको व्यवस्था रहेको छ। बलगाड सिचाइ, कन्सना, सिचाइ, ढ्यादीदुङरी सिचाइ, प्रदेश र पालिकाको लगानीमा बनेको हो। कृषिका लागि दुई वर्षमा तीस लाखको कार्यक्रम सम्पन्न भएका छन् । यहाँको मुख्य बालीमा धान मकै गहुँ हो । दलहनभित्रका भटमास, सिमी, मास, केराउ उत्पादन हुन्छ। यहाँ तरकारी खेती र फलफूलखेती गरिन्छ। विशेषगरी यहाँ सुन्तला,मौसमी, आरु, केराको खेती गरिन्छ। जलवायु परिवर्तनको प्रभावले उत्पादन घटेको छ,साथै वन्यजन्तुको अतिक्रमणले उत्पादनमा गिरावट आउने गरेको छ। ४ महिना आन्तरिक उत्पादन र ८ महिनाका लागि बाहिरबाट आयात गरेर खाद्यान्नको जोहो गरिन्छ। यस वडामा मकै धेरै उब्जाउ हुन्छ, भने फलफूलमा केरा,मौसमी र सुन्तला हुन्। सुन्तला ,मौसमी र केरा बाहिर निर्यांत हुन्छ। यस वडाबाट वार्षिक पाँच लाखको फलफूल निर्यात हुने गरेको छ। यस वडाका अधिकांश मानिसहरु कृषिमै संलग्न रहेका छन्। कुल जनसंख्याको एक प्रतिशत मात्रै गैर कृषि क्षेत्रमा संलगन रहेका छन्। यस वडाबाट सरकारी सेवामा पुगेका व्यक्ति हुन्, दशरथ वड, उनी हाल उपसचिव पदमा रहेर उद्योग मन्त्रालयमा कार्यरत छन्। यस्तै केशब भट्ट पनि हुन्। उनी पनि मन्त्रालयको उद्योग तथा वाणिज्यमा शाखा अधिकृतका रुपमा कार्यरत छन्। यस वडामा ६० प्रतिशत नाथ जाति रहेका छन्। उनीहरु यस वडामा अढाइ सय परिवार रहेका छन्।
पर्यटन विकास : यस वडामा पर्यटनका विभिन्न आयामहरु रहेका छन्। यस वडामा प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरु रहेका छन्। यस वडामा सत्सङ्ले भवानी मन्दिर खतेडी उमैराज स्वामी मन्दिर बरकुराली ,निङ्ग्लाशैनी भगवती मन्दिर आराली, बालिचन मन्दिर बलगाड, जगन्नाथ मन्दिर कुणीभिटा,कालभैरव मन्दिर बरकुराली, लटैराज बटैराज मन्दिर कुनौन , दुर्गा भवानी मन्दिर टाग्गाउँ र केदारनाथ मन्दिर गुरुगाउँमा रहेका छन्। यस वडामा विशेषगरी गौरा पर्व मनाइन्छ। सुदूरपश्चिमको सबै भन्दा ठूलो पर्व हो, गौरा । यसैगरी यहाँका मानिसहरु दशै तिहार मनाउँछन्। , मुख्य चाड गौरा पर्वमा महिला पुरुष देउडा खेल्ने गर्दछन्।
प्राकृतिक सम्पदा र वातावरण यस वडामा कुलौन सामुदायिक वन उपभोक्ता समूह,जगन्नाथ सामुदायिक वन उपभोक्ता समूह, सत्सङले सामुदायिक वन उपभोक्ता समूह र बटैराज सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। त्यसैगरी यहाँ कुणीभिटा जगन्नाथ ताल ताल रहेको छ। यो प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै यसलाई दैविक शक्तिको रुपमा पनि लिइन्छ। यहाँ पूस्तौदेखि पूजापाठ गरिदै आइएको छ। यस्तै बालिचन मन्दिर ताल, बलगाड खोला छेउमा देउताको ताल हो । सुतेगाड खोला, बलगाड खोला,चमेलिया नदीमा मिसिन्छन्। यीनीहरु यस क्षेत्रका महत्वपूर्ण जलाधार क्षेत्र हुन्। दशरथचन्द नगरपालिकाका तीन वटा वडालाई महाकाली नदीले छुन्छ। यस वडामा माथितिर पहाड र तलतिर खोला रहेका छन्।वडाले जल जमिनको संरक्षण र सम्वद्र्धन गर्दै पर्यावरणीय संकटबाट आइलाग्ने जनचेतनामूलक कार्यंक्रमहरु पनि गर्दै आएको छ । वातावरणीय संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमहरु पनि हुने गरेका छन्। विभिन्न संघ संस्थाको सहयोगमा यस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका हुन्।

स्वास्थ्यको अवस्थाः यस वडामा स्वास्थचौकी कुलौनामा रहेको छ। यो पक्की भवन हो। यस स्वास्थ्यचौकी विक्रम सम्वत २०५४ सालतिर यो निर्माण भएको थियो। अहिले यहाँ अहेवको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मी कार्यरत छन्, यहाँ बर्थिङ सेन्टर रहेको छ। सामान्य उपचार सबै यही हुन्छ। आधारभूत उपकरणहरु उपलब्ध रहेको छ। दैनिक २५ जनाले स्वास्थ्य उपचार लिने गरेका छन्। यो स्वास्यथ्चौकी वडाको बीच भागमै रहेको छ। जहाँ विद्यालय र स्वास्थ्य चौकी रहेका छन्। वडामा एम्बुलेन्स छैन, तर, पालिकाले संचालनमा ल्याएको एम्बुलेन्सले सुत्केरीलाई निशुल्क सेवा दिदै आएको छ। यसले निशुल्करुपमा जिल्ला अस्पताल, धनीगढी, डडेलधुरा र नेपालगन्जसम्मको सेवाका लागि पु¥याउने गरेको छ। विपन्न र असायहयहरुलाई निशुल्क सेवा दिदै आएको छ। यो संगै वडाले आर्यघाटसम्म पुराउन पनि सहयोग गर्दै आएको छ। पालिकाको श्रोतमा शवबाहनले सेवा दिइरहेको हो । गाउँमा युवा नहुँदा घाटसम्म पुराउने साधन नै शवबाहन हो ।
दुई वर्षका उपलब्धिहरुः


