क्रियाशील पत्रकारहरूको एक भेलाले लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसन तदर्थ समिति गठन गरेको छ।
पर्यटन क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसन गठन गरिएको हो।
भेलाले चयन गरेको १३ सदस्यीय तदर्थ समितिको संयोजकमा केशब दाहाल र सहसंयोजक शिला धिताल सर्वसम्मत चयन गरेको छ। दाहाल सगरमाथा टेलिभिजनका सम्पादक हुन्, भने धिताल सरजु अनलाईन डटकमकी अध्यक्ष हुन्।
सोमबार काठमाडौको अनामनगरमा सम्पन्न भेलाले तदर्थ समिति सदस्यहरूमा तेजना पण्डित, सुदर्शन आचार्य, अप्सरा गौतम, रक्तिम दैलेखी, हेमलता जिसी, डीआर न्यापाने,तेजवीर विक,ममता थापा, रेखा श्रेष्ठ, समीक्षा पोखरेल र पुष्पा कुमारी साउँद रहेका छन् ।
अर्गनाइजेसनको पहिलो अधिवेशन जेष्ठको पहिलो साता भित्र गरिसक्ने निर्णय गरेको छ। हेमलता जिसीको संयोजकका विधान मस्यौदा उपसमिति गठन गरेको छ। सदस्यहरूमा डीआर न्यौपाने र ममता थापा रहेका छन् ।
त्यस्तै अधिवेशन व्यवस्थापन उपसमितिको संयोजकमा सुदर्शन आचार्य र सदस्यहरूमा अप्सरा गौतम,रक्तिम दैलेखी र तेजवीर विक रहेका छन् ।
भेलाले श्रमजीवी पत्रकार संघलाई भेला व्यवस्थापनमा सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेको छ।