२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

माण्डवी गाउँपालिका ३ मा प्लाष्टिकका फूल–माला प्रतिबन्ध


३ आश्विन २०८१, बिहिबार  


माण्डवी गाउँपालिका वडा नम्बर ३ ले आउँदो दशै र तिहारमा प्लाष्टिका फूल तथा मालाको प्रयोगमा रोक लगाएको छ। बुधबार वडाले एक सूचना जारी गर्दै दर्श र तिहार जस्ता चाडपर्वमा प्लाष्टिका फूल आयातमा रोक लगाएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यावरणको संरक्षणका लागि यस्ता कृत्रिम फूल र मालाको प्रयोगमा रोक लगाइएको वडाध्यक्ष धनेन्द्र काकीले सरजु अनलाईनलाई बताए । वडाले स्थानीय व्यापारी, बुद्धिजीवी र सरोकारवालाहरुबीच छलफल गरेर यस्तो निर्णय ग।िएको हो । वडाले गरेको निर्णय उलंघन गरेमा कानून बमोजिम कारबाही हुने वडा कार्यालयले बताएको छ। भारतीय उत्पादन र त्यसको प्रभावमा परेर यस्ता प्लाष्टिकजन्य फूल तथा मालाको प्रयोग हुने गरेको छ। देखासिकीले यस्ता सामग्रीको प्रयोगले स्थानीय फूलहरुले उचित मूल्य पाउन सकेका छैनन्। भने नेपाली रुपैया समेत बाहिरिएको छ ,घर आँगनमै मखमली गुर्धाेली फूल फूल्ने गरेपनि यस्ता आयातित मालामा अस्वभाविक आकर्षण छ। जसले स्थानीय उत्पादनलाई निरुत्साहित समेत गरेको छ। यसता देखासिकी र आयातमुखी प्रवृत्तिलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न वडापालिकाले यस्तो कदम उठाएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ४१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित