२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

वर्षातका कारण देशभर मृत्यु हुनेकाे संख्या ४१ पुग्याे,११ जना अझै बेपत्ता !


१२ आश्विन २०८१, शनिबार  


अविरल वर्षाका कारण काठमाडौ उपत्यकामा मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ।

त्यसैगरी विपतमा परेर १७ जना घाइते भएका छन् । उपत्यका प्रहरीका अनुसार बाढीका कारण उपत्यकामा मृत्यु हुनेकाे संख्या ३२ पुगेको हाे।

यसैगरी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा ३२ जना तथा उपत्यका बाहिर नौ जना गरि याे सामग्री तयार पार्दासम्म देशभर ४१ को मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन्।

एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए। काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित