३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

चिनियाँ सहयोग र स्वार्थका अधिकांश आयाेजना अलपत्र !


२ कार्तिक २०८१, शुक्रबार  


चिनियाँ ऋण तथा अनुदानमा विभित्र विकासका आयाेजनाहरू नेपालमा सञ्चालनमा छन् , काेही सम्पन्न भएका छन् ,काेही अलपत्र छन् । थाेरै पूरा र धेरै अधुरा अनि विवादास्पद आयाेजनाहरूका बल्ग्रेती उदाहरण छन् देशभर ।

बीआरआई जस्तो प्रभुत्ववादी तथा सीकाे महत्त्वकाँक्षी याेजनामा नेपाललाई सहभागी बनाउने भनिएपनि चिनियाँ सहयोगमा निर्माण भएका या निर्माणाधीन आयाेजनाका अवस्था कन्तबिजाेग छ। त्यस्तै एउटा हाे,पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल । याे विमानस्थल निकै महंगो व्याजदरमा निर्माण गरिएको हाे। चिनियाँ महंगो व्याजदरमा काढिएकाे ऋणमा निर्माण गरिएको हाे। महंगो व्याजसहित विमानस्थलकाे ऋण तिर्न नसके पछि अनुदानमा बदल्न सरकारले चीन सरकारलाई अनुरोध गरेको थियोे ।तर, करिब २ महिना भैसक्दा पनि चीन सरकारले यश विषयमा कुनै प्रतिक्रिया पठाएको देखिन्न।

अत्यन्तै महंगो व्याजमा निर्माण गरिएको यश पाेखरा विमानस्थलमा व्यवसायीक उडान हुन सकेको छैन। यद्यपि चीनले पाेखरा विमानस्थललाई बीआरआई अन्तरगतकाे भन्दै आएकाे छ।तर, त्यसलाई अनुदानमा बदल्न कन्जुस्याइँ गरिरहेकाे छ।


यस्तै आयाेजनाहरू मध्ये अर्को हाे, चक्रपथ कलंकी – महाराजगन्ज सडक खण्ड । जुन सडक खण्ड विस्तारकाे काम अलपत्र छ। चिनियाँ आश्वासन धेरै पटक दाेहाेरिएपनि अनेक बाहना गर्दै आएकाे आराेप छ।
यस्तै छिमेकी चीनका निर्माण कम्पनीहरू नेपालमा राष्ट्रिय गाैरवका आयाेजनाहरू जिम्मा लिएका छन् । उनीहरूले सडक, जलविद्युत, विमानस्थल जस्ता ठूला आ याेजनाहरूमा हात हालेपनि अधिकांश अलपत्र छन् ।सरकार कम्पनीहरूले निर्माणमा गरेको बिलम्ब ,ढिलासुस्ती र गुणस्तरहिन काम गरेपनि चीन सरकार माैन देखिन्छ ।

दलका नेतालाई प्रभावमा उनकै सरसल्लाह ठेक्का हत्याउने अनि ठेक्का अलपत्र पार्ने उनीहरूकाे प्रचलन जस्तै भएको छ।विभिन्न दलका शीर्षस्थ चिनियाँ ठेकेदारहरूकाे यस्ता बेईमानी व्यवहारले चिनियाँ ठेकेदार जनस्तरमा ठगकाे रूपमा चिनिन थालेका छन् ।नेताका छोराछोरीलाई स्थानीय एजेन्ट राखेर ठेक्का हात पार्ने र काम अलपत्र गरेका कारण जनस्तरमा चिनियाँ ठेकेदार कम्पनी बदनाम छन् । देशका अधिकांश ठेक्का उनीहरूकै पकडमा छ। जहाँ- जहाँ चिनियाँ ठेकेदारहरूले ठेक्का हत्याएका छन् ,त्यहाँ त्यहाँ खर्बाैका आयाेजना अलपत्र पारिएका छन्। विकास निर्माणमा मात्रै हाेईन, कूटनीतिक क्षेत्रमा पनि उनीहरू विवादास्पद छन् ।यश अघि एमसीसीकाे विषयमा पनि उनीहरूले नेपालमा हस्तक्षेप गर्न खाेजेका थिए। नेपाल स्वतन्त्र र सार्वभौम छ। छिमेकी र शक्तिशालीकाे नाममा नेपालकाे आन्तरिक मामिलामा चासाे राख्न उचित नहुने परराष्ट्र जानकारहरू बताउँछन् छन्।भारत र अमेरिकसंग प्रतिस्पर्धाका नाममा नेपाललाई अचानाे बनाउने चिनियाँ रणनीति देखिन्छ ।जुन सार्वभौम मुलुकका लागि अस्वीकार्य छ, र हाे। यति मात्रै हाेईन,त्रिशूलीमा बस खसेको विषयमा पनि नेपालका लागि चिनियाँ राजदूत चेन साेङले अत्यन्तै अमर्यादित अभिव्यक्ति सञ्जाल मार्फत दिएका थिए। जुन जिम्मेवार कुटनीतिज्ञका लागि अशाेभनीय विषय थियोे र हाे पनि।

दलका नेताका पहूँचमा ठेक्का हत्याउने, तर अलपत्र पारेर भाग्ने चिनियाँ ठेकेदार कम्पनी :
त्यस्तै गरी पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकको अवस्था बेहाल छ। पाँच वर्षसम्म पनि याे सडकको काम आधा पनि पूरा भएको छैन। गएकाे वर्ष २०८० माघ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूको समूहले सडक छिटो सम्पन्न गर्न दबाब दिँदै १सय १३ किलाेमिटर पैदलयात्रा गरेको थियो।

त्यसअघि रास्वपाका सभापति लामिछानेले चिनियाँ राजदूत सोङसँग भेट गरी नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
चाईना स्टेट कन्ट्रक्सन ईन्जिनियरिङ प्रालिले नेपाली साझेदारी निर्माण कम्पनीहरूलाई भुक्तानी पनि दिएकाे छैन। बरू उल्टो उसले बैंक धराैटी दाबी गरेको थियोे । चिनियाँ ठेकेदार कम्पनीले ठेक्कामा घाटा भएको भन्दै सडक विभागसँग दुई अर्ब रुपैयाँ थप मागेको छ। समयमा काम नहुँदा १७ अर्ब रुपैयाँको यो ठेक्कामा लागत बढिरहेकाे छ। तर, सडक विस्तार कहिले पूरा हुन्छ भन्नेमा प्रश्नमा कम्पनी माैन छ।

यस्तै गरी ,मेलम्ची खानेपानी आयोजनामा चिनियाँ ठेकेदार कम्पनी बदनाम छ। बैंक ग्यारेन्टी दिएका हिमालयन बैंक र तत्कालीन बैंक अफ काठमान्डुलाई ठेक्का छाडेर भागेको थियोे,चाइना रेल्वे ब्युरो फिफ्टिन। उसले चिनियाँ ठेकेदारले चाइना कन्स्ट्रक्सन बैंकबाट उक्त धरौटीबापतको रकम रोक्का गर्न चिनियाँ अदालतमा मुद्दा दायर गरेकाे थियोे । नेपालका कुनै पनि बैंकले अहिले चिनियाँ ठेकेदारलाई विदेशी बैंकबाट ल्याएको ग्यारेन्टीमा काउन्टर ग्यारेन्टी दिन पनि छाडेका छन्।

दुई बैंकले चिनियाँ अदालतमा १० वर्ष मुद्दा लडेर सन् २०२२ को अगस्टमा ठेकेदारले चिनियाँ बैंकबाट ल्याएको धरौटीमा काउन्टर धरौटी दिएबापतको पैसा फिर्ता पाएका हुन्। यश ठेकेदारलाई बैंक अफ काठमान्डुले करिब १ अर्ब ३ करोड र हिमालयनको ८४ करोड रुपैयाँ काउन्टर ग्यारेन्टी दिएका थिए।

मुग्लिनदेखि पोखरासम्म सडक स्तरोन्नति र विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ। २०७७ माघमा ठेक्का लागेर २०८१ वैशाखमा सम्पन्न गर्ने भनिए पनि यश सडक निर्माणमा ठेकेदारले ढिलाइ गर्दै आएको छ भने उक्त सडक निर्माणमा अझै डेढ वर्ष भित्र पनि नबन्ने देखिन्छ । अहिलेसम्म आधामात्र काम सकिएको र धेरै समय लाग्ने पुलको काम बाँकी रहेकाले यश सडक निर्माणमा ढिलाइ हुने देखिएको हाे ।

जामुनदेखि पोखरा यानहुई काइयुयान हाइवे एन्ड ब्रिजले करिब ४२ किमिमा त्यस्तै ढिलाइ गरिरहेको छ। मुग्लिनदेखि पोखरासम्म जामुनदेखि पूर्व चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ६ अर्ब २१ करोड र पश्चिमतर्फ यानहुई ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको हो।

चिनियाँ कम्पनीको बेईमानीका कारण पर्यटकीय राजधानी पोखरा जाने सडकको याे बेहाल अवस्थाले पर्यटन क्षेत्रमा धक्का लागेको छ। यति मात्रै हाेईन, चिनियाँ कम्पनीहरू काम बीचमै छाेडेर भाग्ने त्रास पनि उत्तिकै छ।

यस्तै गरि अर्को चिनियाँ ठेकेदार कम्पनी हाे, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ । यसले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएकाे छ। यता पनि उसको कामले तीव्रता पाउन सकेको छैन। ७ अर्ब ३४ करोड रुपैयाँको ठेक्का हो,याे।

सिद्धबाबा सुरुङमार्गको ठेक्का लागेर पनि डिजाइन फाइनल गर्न एक वर्षभन्दा बढी समय लागेको छ।

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि चिनियाँ कम्पनीहरूले नै ठेक्का पाएका छन्। चाइना स्टेट कन्सट्रक्सनले द्रुतमार्गमा सुरुड बनाउने एउटा प्याकेजको ठेक्का लिएको छ। कम्पनीले छोक्रेदेखि धेद्रेसम्म सवा तीन किलाेमिटर भन्दा लामो सुरुङको २१ अर्ब ६१ करोडमा ठेक्का लिएको हो। द्रुतमार्गकाे अवस्था पनि अन्यकाे फरक छैन।

उता, १० अर्ब ५७ करोड रुपैयाँमा भेरी बबई डाइभर्सनको काम गरेको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको ठेक्का पाएको छ। सुनकोशी मरिण ११ अर्ब २९ करोड रुपैयाँको ठेक्का हो।

द्रुतमार्गको लट २ मा पोली चाइना इन्जिनियरिङले ठेक्का पाएको छ। साढे २८ अर्बको यो ठेक्कामा धेद्रे सिम्पानीदेखि चालिसे खोल्सा र घट्टेपाखादेखि बाँदरे खोल्सासम्म करिब १.४ किलाेमिटरका दुई सुरुङमार्ग र पुलको कम्पोनेन्ट रहेको छ।

राजमारदेखि निजगढको ठेक्दा पनि नेपाली र चिनियाँ ज्वाइन्ट भेन्चर रोसन सिचुवानले पाएको छ। यो ठेक्का करिब १० अर्ब रुपैयाँको छ। चार लेनको ७ किलाेमिटर सडक र पुल बनाउन चीनकै सीएएमसी इन्जिनियरिङ कर्पोरेसनले ८ अर्बमा ठेक्का लिएको छ।

विश्व बैंकको साढे ११ अर्ब रुपैयाँ सहयोगमा तीन खण्डमा ठेक्का लगाइएको नागढुंगादेखि मुग्लिनको सडकको प्रगति पनि निराशाजनक छ। नेपाली र चिनियाँ कम्पनीको जेभीले ठेक्का पाएका छन्।यश सडकको पनि हालत उस्तै छ।

यस्तै कमला-कञ्चनपुर ८७ किलोमिटर सडक २०८० कात्तिकमा निर्माण सम्पन्न नभएपछि २०८१ कात्तिकसम्मको समय थपिएको थियो। चिनियाँ कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप कर्पोरेसनले १५.६६ अर्ब रुपैयाँको यो ठेक्का पनि समयमा सम्पन्न गरेको छैन।

त्यस्तै २०७५ साल असोजदेखि तनहुँ हाइड्रोको सुरुङ र विद्युत् गृहको काम गरिरहेको चिनियाँ ठेकेदार सिनो हाइड्रोले अहिलेसम्म आधा काम पनि सम्पन्न गर्न सकेको छैन।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित