३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

विकास बैंकमा सर्वाधिक नाफामा मुक्तिनाथ विकास बैंक ,गरिमा र शाईन रेसुङ्गाकाे टक्कर !


२७ मंसिर २०८१, बिहिबार  



 विकास बैंकको नाफा साढे ३१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय स्तरका विकास बैंकले चार महिनामा २ अर्ब नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आठ विकास बैंकले २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गएकाे आर्थिक वर्षको यही अवधिको तुलनामा भने ३१.४३ प्रतिशत बढी हो । गएकाे आर्थिक वर्षको यही अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख बढी नाफा कमाएका थिए ।

समीक्षा अवधिमा ज्योति विकास बैंक बाहेकको नाफा उच्च दोहोरो अंकले वृद्धि भएको छ । ज्योति विकासको नाफा ९४.०७ प्रतिशत घटेर ६६ लाख रुपैयाँमा समित भएको छ । गएकाे आर्थिक वर्षको पहिलो चार महिनामा बैंकले ११ करोड २० लाख बढी नाफा कमाएका थियो ।

चालू आर्थिक वर्षको चार महिनामा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । यश अवधिको नाफा ३३.६८ प्रतिशत वृद्धि भई ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो चार महिनामा मुक्तिनाथले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा रकमको आधारमा दोस्रो सूचीमा भने गरिमा विकास बैंक रहेको छ । बैंकले चार महिनामा ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएकाे आर्थिक वर्षको तुलनामा भने ५३.६ प्रतिशत बढी हो ।

यस्तै, तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएकाे आर्थिक वर्षको तुलनामा भने४१.४४ प्रीतशत बढी हो ।

यस्तै, लुम्बिनी विकास बैंकले पनि चार महिनामा २९ करोड ३७ लाख, कामना सेवाले २४ करोड ७१ लाख, महालक्ष्मी विकासले २० करोड १६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यी बैंकको नाफा गएकाे आर्थिकको तुलनामा भने क्रमशः ६२.२६ प्रतिशत, ४४.४५ प्रतिशत, १७.४९ प्रतिशत र ३३.२४ प्रतिशत बढी हाे।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित