१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सगरमाथा एक्लैले कमायो ६६ करोड रोयल्टी


१० जेष्ठ २०८१, बिहिबार  


चालू आर्थिक वर्षमा सरकारलाई हिमाल आरोहण वापतको रोयल्टी साढे ६७ करोड प्राप्त भएको छ। सरकारी जानकारी अनुसार नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको हो । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत रहेको छ। यस सिजनमा सगरमाथामा ४१ आरोहण दलका ७५ महिला र ३ सय ३९ पुरुष सहित ४ सय १४ जनाले अनुमति लिएका छन् ।


यो सिजनमा सगरमाथा पछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागि दिइएको छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ४० लाख ३४ हजार २ सय ३८ रुपैयाँ प्राप्त गरेको छ । यो रकम भनेको कुल रोयल्टी हिस्साको ५.०४ प्रतिशत हो ।

ल्होसे हिमालमा यो सिजनमा १३ आरोहण दलका ११८ पुरुष र २५ महिला गरी १ सय १ सय ४३ जनाले आरोहणको अनुमति लिएका छन् ।ल्होसेपछि धेरै रोयल्टी मकालु हिमाल आरोहण गर्ने दलहरूबाट प्राप्त भएको देखिन्छ । मकालु हिमाल आरोहणबाट कुल रोयल्टी हिस्साको २ प्रतिशत अर्थात १ करोड ४१ लख २६ हजार ४ सय रुपैयाँ प्राप्त भएको छ । यो सिजनमा मकालु हिमाल आरोहणको अनुमति ६ आरोहण दलका ४० पुरुष र १९ महिला गरी ५९ जनाले लिएका छन् ।सगरमाथा, ल्होसे र मकालु बाहेकका अन्य २७ हिमाल आरोहणबाट कम्तीमा १ करोड भन्दा कम राजश्व रकम प्राप्त भएको देखिन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ४३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित