बुद्ध एयरलाइन्स, निजी क्षेत्रको ठूलो उड्डयन कम्पनी हो । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरसंग एटीआर ७२ विमान १५ वटा छन्। गएको असारमा कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट नयाँ ल्याएसंगै यसको विमान संख्या १५ पुगेको हो । कम्पनीले साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरू गन्तव्यमा पनि विस्तार गरेको छ। बुद्ध एयरसँग १५ थान एयरसँग एटिआर–७२ र तीन थान एटिआर ४२ जहाज रहेको बुद्ध एरले अत्यधुनिक प्रविधिसंगै अन्तराष्टिय मापदण्ड अप्नाउन थालेको छ।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ।निजी उड्ययन क्षेत्रमा बुद्ध एयर अगाडि भएपनि नेपाली आकाश भने असुरक्षित छ, विमान दुर्घटनामा न्यूनीकरण भएको छैन । करिब ८ दशकको उड्ययन इतिहासमा एक सय पाँच भन्दा बढी हवाइ दुर्घटना भएका पीडादायी घटना छन्। गएको सालको माघ १ मा पोखरामा यति एयरलाइन्सको दुर्घटनाको घाउ नओभाउँदै यही सालको साउनको पहिलो साता अर्थात १५ जुलाइमा सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्टिय विमान स्थलमा उडेको दश सेकेण्डकै अवधिमा दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । यसरी स्थिर मौसमका बीचमा पनि काठमाण्डू विमानस्थलमै विमान दुर्घटना हुनुलाई जानकारहरूले निकै नै अस्वाभाविकु मानेका छन्।सामान्य अवस्थामै रहेको भनिएको जहाज कैयौँको ज्यान जानेगरी दुर्घटनामा परेपछि कतिपय विज्ञहरूले नेपालको उड्डयन संरचनाकै समीक्षा आवश्यक रहेको टिप्पणी गरेका छन्।

यस्तै त्रास र भयकै बीचमा बुद्ध एयरले आफ्नो बजार विस्तारसंगै प्रविधिमा अन्तराष्टिय मापदण्ड पछ्याउन थालेको हो । विमान दुघर्टनापछि सरकारले जाँचबुझ आयोग गठन गर्दछ, आयोगले सरकारलाई सुझावसहित प्रतिवेदन दिएपनि त्यसको कार्यान्वयन हुदैन। जसको परिणाम हवाइ क्षेत्रमा जोखिम नघटेको हो । यी सबै चुनौती र जोखिमको बीचमा बुद्ध एयर उड्ययन क्षेत्रमा नयाँ विमान थपेर अरु कम्पनीलाई उछिनेको छ। यद्यपि यसका विमानहरुमा समस्या भने दोहोरिने गरेका छन्।
बढ्दो एयर ट्राफिकका कारण समयमै उडान भर्नु निकै चुनौती छ अझ कहिलेकाही धावनमार्ग चर्कँदारबिग्रिदा घण्टौँ उडान स्थगित हुने गर्छ । कुनै बेला गन्तव्यका विमानस्थलहरू खराब मौसम र कम भिजिबिलिटीका कारण खुल्दैनन् । त्यसैगरि उडान र अवतरण गरिने विमानस्थलमा मौसमको समस्या नभएपनि आकस्मिक अवतरणका लागि पहिचान गरिएको विमानस्थलमा त्यस्ता समस्या हुने गरेका छन्। यी इत्यादि कारणले उडान विलम्ब रद्द हुन जान्छ, जसको प्रत्यक्ष मार यात्रुले सधै खैप्न परेको छ। । एउटा स्थानबाट अर्को स्थानमा जाँदा उडानमा समस्या भएर वा गन्तव्यमा पुग्न कठिनाइ हुँदा आकस्मिक अवतरणको पनि समस्या छ। त्यसका लागि नजिकको विमानस्थल पहिचान गरिएको त हुन्छ। तरपनि सुरक्षित अवतरण नहुने होकी भन्ने भय हुन्छ त्यसैमा पनि मौसमले पनि उडानलाई प्रभावित पार्न सक्छ । यात्रुलाई सहज उड्डयन सेवा दिने दायित्व विमान कम्पनीहरुको हो । यति मात्रै होइन चालक दलको सुरक्षा पनि उत्तिकै हुन्छ। यी विषयमा कम्पनीहरु बढी गम्भीर हुन जरुरी हुन्छ । उड्डयन क्षेत्रमा आइलाग्ने यी जटिल समस्याको हल गर्नका लागि बुद्ध एयर अत्यधुनिक प्रविधिको साथमा अन्तराष्टिय मापदण्ड पछ्याउँदै हवाइ क्षेत्रमा सरल सहज र सुरक्षित यात्रा गराउने गरी अघि बढेको छ।

२०५४ सालमा स्थापना भएको बुद्ध एयर आन्तरिक उडानमा लाइफलाइन बनेको छ। आन्तरिक उडानमा बुद्ध एयरको हिस्सा ६१ प्रतिशत रहेको छ। करिब २७ वर्षदेखि बुद्ध एयरको उडान निरन्तर छ। नेपालको आन्तरिक उडानमा ९ वटा वायु सेवा कम्पनीहरु मध्ये बुद्ध एयर धेरै विमान भएको कम्पनी हो । नेपालमा मात्रै होइन, एशियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयर अगाडि आउँछ।
