दाङको पर्यटन प्रवर्धनका लागि बृहत् विज्ञ सम्मेलनकाे हुने भएको छ। विज्ञहरूको नेतृत्वमा पर्यटन व्यवसायी ,स्थानीय सरकार र प्रदेश सरकारकाे अर्थपूर्ण सहभागितामा सम्मेलन गर्ने गरी तयारी थालिएको हाे।
शनिबार सरजु अनलाईन डटकम र हाेटल एशाेसियसन अफ नेपाल ( हान) दाङबीच मेरो दाङ,मेरो पाहुना अभियान अन्तरगत पहिलो चरणमा प्रस्तावित गन्तव्यकाे उजागर तथा पर्यटन पूर्वाधार ,हाेटल हस्पिटलिटी,हाेमस्टे लगायतका विषयमा विज्ञहरूले सम्मेलनमा ठाेस निष्कर्ष निकाल्ने छन् ।
विज्ञ सम्मेलनका मिति छिट्टै तय गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनलेे भने, चार लेन सडक बिस्तार, टरिगाउँ विमानस्थल विस्तार,काेईलाबास नाकाकाे प्रभावकारी सञ्चालन, घाेराही- मसिना – स्वर्गद्वारी सडक स्तराेन्नती, नयाँ प्रस्तावित सरजु धार्मिक ट्रेल र शिवालिक अपल्याण्ड ट्रेल,हाेटल हस्पिटलिटी,सरसफाइ,रैथाने घर , स्थानीय संस्कृति र परिकार आदिकाे विषयमा विज्ञहरूले विषय राख्नेछन्। “
दाङको पर्यटकीय सम्भावना अथाह भए पनि पूर्वाधार र पर्यटन शिक्षाको अभावमा प्रभावकारी विकास हुन सकेको छैन।सम्मेलनले स्थानीय सरकार र प्रदेश सरकारसहितका जिम्मेवारहरूलाई नीतिगत निर्णय तथा कार्यक्रम प्रभावकारी ढंगले काम गर्न सघाउने अपेक्षा गरिएको छ। यश कार्यक्रमकाे मिडिया संयाेजन
सरजु अनलाईन डटकम काठमाडौले गर्ने सरजु अनलाइन डटकमकी अध्यक्ष शिला धितालले जानकारी दिईन्।यश कार्यक्रमकाे सराेकारवालाहरू दाङका दस स्थानीय सरकार,उद्योग तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश,दाङ जिल्ला उद्योग वाणिज्य संघ,हाेटल एशाेसियन अफ नेपाल ( हान) दाङ,दाङ देउखुरी हाेटल व्यवसायी समिति,नेपाल पर्यटन पत्रकार संघ दाङ,नेपाल पत्रकार महासंघ दाङ,नारायणपुर उद्योग वाणिज्य संघ,बिजाैरी उद्योग वाणिज्य संघ,तुल्सीपुर उद्योग वाणिज्य संघ
लमही उद्योग वाणिज्य संघ,गढवा उद्योग वाणिज्य संघ,
राप्ती उद्योग वाणिज्य संघ,धार्मिक तथा सांस्कृतिक समूहहरू रहेको समेत अध्यक्ष धिताललले बताईन्।
यसैगरी पर्यटन व्यवसायी तथा भिंग्रेली भिलेजका प्रबन्धक निर्देशक निरन्जन राजभण्डारीले पर्यटनको विषयमा आयाेजित कार्यक्रमले नयाँ दृष्टिकोण र याेजना दिने अपेक्षा रहेको बताए। यश कार्यक्रमले जिम्मेवारहरूलाई थप दबाब दिने भएकोले सबैले सघाउन समेत उनलेे आग्रह गरेका छन् ।