१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सिचुवान एयरलाइन्सकाे विमान पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण !


११ पुस २०८१, बिहिबार  


सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट १ सय २६ यात्रु लिएर पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एसोसिएसनको आयोजनामा यही १४ र१५ पुसमा फेवा तालमा दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ आयोजना हुँदै छ । उक्त ड्रागन बोट रेसमा सहभागी हुन आएको चिनियाँ टोलीलाई लिएर विमान पोखरामा अवतरण गरेको हो ।

चीन सरकारको अगुवाइमा नेपालमा पहिलोपटक सन् २०२३ मा ड्रागन बोट फेस्टिबल भएको थियो । १७ पुसमा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदै छ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : ४३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित