नबिल बैंकको पछिल्लो अवस्था निकै खस्किएको देखिन्छ । उसले पहिलो त्रैमासमा लाभांश घोषणा नगरी वितरणयोग्य नाफा बढी देखाएको तथ्यले उसकाे व्यवसायीक क्षमतामा ह्रास आएकाे देखिएकाे हाे।
यस बैंकले आफ्नो वासेल रिपोर्ट सर्वसाधारणका लागि राम्रो देखाउने प्रयास गरेकाे छ। जहाँ नबिल बैंकले इतिहासकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ।
सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंकले लगानीकर्तालाई भने १० प्रतिशत मात्रै नगद लाभांश घोषणा गरेको छ। बैंकले कुल चुक्ता पुँजी २७ अर्ब ५ करोडको १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
गएकाे वर्षको नाफाबाट करिब १४ प्रतिशत लाभांश दिने क्षमता भएपनि बैंकले १० प्रतिशतमात्रै नगद लाभांश घोषणा गरेको छ। पुँजीकोषमा दबाब भएका कारण अग्राधिकार सेयर जारी गर्न लागेको यस बैंकले आफ्नो सञ्चित नाफाबाट सम्पूर्ण रकम वितरण गर्दा बैंकको पुँजीमा थप दबाब बढ्ने देखिन्छ।
बैंकले आफ्नो वासेल रिपोर्ट सर्वसाधारणका लागि राम्रो देखाउने प्रयास गरेको छ। जसकाे कारण आगामी त्रैमासबाट यस बैंकको वासेल रिपोर्टमा दबाब पर्ने बैंकका जानकारहरू बताउँछन् ।
बैंकले राष्ट्र बैंकसमक्ष प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र वासेल रिपोर्ट पेस गर्नुपर्ने हुन्छ। नाफामा पहिलो नम्बरमा रहेपनि लाभांश वितरणका आधारमा नबिल बैंक गएका दुई वर्षयता निरन्तररुपमा पछि परिरहेको छ। गएकाे आर्थिक वर्षमा पनि यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
विगतका वर्षहरूमा अत्याधिक बोनस सेयर वितरण गर्नुका साथै नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेसँगै बैंकको चुक्ता पुँजी बढेकाले लाभांश क्षमता घटेको हो। गएकाे आर्थिक वर्षयता बैंकको पर्फरमेन्समा समेत नकारात्मक असर परिरहेको छ।
बैंकको खराब कर्जा निरन्तररुपमा बढेको छ। जसको असर बैंकको प्रोभिजनिङमा परेको छ। प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा र पुँजीकोषमा दबाब परेको छ।
पुँजीकोषको दबाब परेपछि नबिल बैंककै प्रस्तावमा राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी व्यवस्था गएकाे आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाबाट ल्याएको थियो।