२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

शुक्रबार सुनको भाउ तोलामा दुई हजारले वृद्धि !


१९ पुस २०८१, शुक्रबार  



शुक्रबार सुनको भाउ ह्वात्तै वृद्धि भएको छ । साताको अन्तिम दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज शुक्रबार बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामै २० रुपैयाँ वृद्धि भएको छ । बिहीबार १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने बढेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित