३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

जेनजीद्वारा सामाजिक सञ्जालमा ‘ओली- लेखक हत्यारा’ पक्राउ अभियान शुरू !


२० आश्विन २०८२, सोमबार  


जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ ।

जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा उनीहरूले अरेष्ट केपी ओली , अरेष्ट रमेश लेखक र अरेष्ट मर्डर अभियान चलाइएको हो । सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ ।

जसमा उनीहरुलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनेका छन । यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ६ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित