केही दिन अघि भारतको उडिसाको एक विश्वविद्यालयमा प्रकृति लम्सालको रहस्यमय मृत्यु भयो । भारतीयहरूले घटना लुकाउन अनेक जालझेल षड्यन्त्र गरे।जुन कुरा यश अघिका दिनमा भइरहेको खबर पनि खुलासा भइरहेका थिए।
प्रकृति लम्साल मृत्यु प्रकरणबारे विद्यार्थीले आ न्दोलन गरे,त्यहाँका शिक्षकले दोषीलाई कारबाही गर्न भन्दा नेपालको अपमान गरे।जुनु कुरा सार्वभौम मुलुकका लागि असह्य थियोे ।सञ्जालदेखि सडक र सञ्चारदेखि संसदमा दबाब परेपछि उनीहरूले कमजोरी स्विकारे ।त्यतिबेला प्रधानमन्त्री केपी ओली लुम्बिनी प्रदेशको राजनीतिक तिर्थाटनमा थिए। जतिबेला उनी बाकावीरका कथा सुनाउदै थिए। दाङमा शंकर पोखरेललाई हराएको भन्दै गुनासो गर्दै थिए। स्वंय आ फै शक्तिशाली प्रधानमन्त्री हुन्।तर, शंकरले चुनाव हार्दा शासन चलाउन असहज भएको भन्दै रोईलो गर्दै थिए।
झापामा पौने दुई अर्बको सुकुम्बासी बस्तीमा दमक टावर ठडाएका उनले दाङको चारलेन सडक विस्तार र टरिगाउँ विमानस्थलको दर्द महशुस गरेनन्। बरू उनी काठमाडौ फर्किएर र्यापरसंग मस्त भए ।पशुपतिमा शिवरात्रीको अघिल्लो दिनको साँझ पुगे।शिवरात्री दिन रंगशाला जान तम्सिएका उनी गएनन् । सञ्जालदेखि सडकमा उनी निकै असुरक्षित देखिन्छन् ।सञ्जालमा उनको जन्मदिनमा समेत श्रद्धाञ्जली लेख्नेहरू धेरै भेटिए ।
सिद्धबाबाको सुरूङ मार्गको ब्रेकथ्रु गर्न नगएपनि उनले नेपाल सुरूङ मार्गको युगमा प्रवेश गरेको कहानी सुनाए ।सुरूङमार्ग र सूचना प्रविधिमा निकै जोड दिदै आ एका उनी यतिबेला रेल र ग्यास पाईपको कुरा गर्दैनन् ।यश अघि २०७८ असार २८ मा सर्वोच्चबाट परमादेश मार्फत सत्ताचूत हुनु पहिले देशका निर्वाचन क्षेत्रमा १५ सैया अस्पताल र सडकको शिलान्यास गरेका थिए। राज्यको ढुकुटीको घाँटी नहेरी सस्तो लोकपृयतका लागि यस्ता शिलान्यासका काम गरे।जुन कुरा अहिले पछिल्लो प्रधानमन्त्री हुँदा एकपटक पनि सिँहालोकन गरेका छैनन् ।
पछिल्लो पटक प्रधानमन्त्री भएपछि काठमाडौका मेयर बालेनसंग निकै पाखुरा सुर्काए। रवि लामिछानेलाई सहकारी ठगीमा प्रतिशोधी प्रदर्शन गर्दै आएका उनी यतिबेला टिकटकरसंग घण्टौ छलफल गर्छन्। विज्ञहरूको सम्मेलन राखेर मुलुकमा व्याप्त समस्या हल गर्नुपर्नेमा उनी टिकटकरसंग सल्लाह लिन्छन् ।त्यसको केही दिन यता उनी बालुवाटारमा र्यापर बोलाएर आफ्नै तारिफ सुनेर मक्ख छन् ।उता,जुम्लाको हिमा गाउपालिकमा एम्बुलेन्स नहुँदा स्ट्रेचरमा बिरामी बोकेर लगिरहेका दारूण दृष्य भाईरल हुँदा उनी सरकारले आर्थिक तथा भौतिक क्षेत्रमा फड्को मारेको बखान गरिरहेका छन् ।
देशका नाफामा गएका संस्थानमाथि निशाना लगाउँछन् ।नेप्से डुबाउँछन्।कुलमानलाई निरन्तर खेद्छन्।सत्ता सम्हालेदेखि उनी कुलमानमाथि निशाना लगउँदै आएका छन् ।२२ अर्ब माफियालाई विद्युत बक्यौता मिनाहा गरेर गुण तिर्न हतारिन्छन्। अभियुक्त मीनबहादुर गुरूङसंग एक अर्बका दान लिन्छन् ।सत्ताको डाडु पन्यू समाएर काम गर्न नदिएको भन्दै विपक्षीलाई दुत्कार्छन्। भ्रष्टाचारले नयाँ कीर्तिमान राख्दा उनी स्विकार्दैनन्।बरू,गलत भएको भन्दै बचाउ गर्छन् ।मुलुक जति जति भ्रष्टाचारको आ हालमा पुग्छ,उनी उति उति सुशासनमा सरकार सफल भएको सर्कसका गफ दिन्छन् ।
ट्म्पले विदेशी अनुदानमा समेत भ्रष्टाचार गरेको भन्दै सहयोग नै फ्रड भन्दा पनि उनी प्रतिक्रियाविहिन छन् । २०७२ असोज २४ मा प्रधानमन्त्री हुँदा उनको कद निकै उच्च थियोे । त्यतिबेला उनले जति विश्वास र भरोसा कमाएका थियोे ।ती सबै पछिल्ला दुई कार्यकालमा सबै बगाए। भारतलाई धम्काउन चीनतिर हानिएका उनी यतिबेला जसरी पनि भारत भ्रमण गर्ने ध्याउन्नमा छन् ।
ट्रम्पको सत्तारोहणपछि विश्व राजनीतिको मानचित्रमा बदलाव आएको छ। उथलपुथलकारी राजनीतिक घटनाक्रम विकास भए पनि प्रधानमन्त्री ओली बालुवाटारमा र्यापर बोलाएर दिन बिताउँछन्।संसदमा जाँदा प्रश्नको जवाफ दिदैनन्। सरकार संसदप्रति जवाफदेही हुनुपर्ने भए पनि संसलाई टेर्दैनन्।
तत्कालीन प्रचण्ड सरकारले भ्रष्टाचारको फाईल खोल्दा एकाएक कांग्रेससंग घाँटी जोडेका उनी सुशासनको गफ दिन छोडेका छैनन् ।गिरीबन्धु चिया बगानदेखि कम्बोडिया काण्डमा उनकै नाम मुछिएको छ ।तर उनी यी सबै प्रश्नको बेपरवाह गर्दै आएका छन् । सत्ता र शक्तिको विरोधीलाई तह लगाउनुलाई यिनी लोकतन्त्र ठान्छन् ।
गएको कार्तिकमा गौरा पर्वको बेला सरकारका आ लोचना गर्नेलाई हत्कडी लगाए।मानव तस्करी गर्ने उनकै पार्टीका प्रदेश मन्त्रीलाई सफाइ दिए। आ फ्ना जति सबै ठिक। विपक्षीका भए सबै गलत भन्ने स्टालिन प्रवृत्ति उनीमा निकै देखिन्छ ।
सरकारको नेतृत्व गरेको करिब ८ महिना पुग्दै छ।तर, जनता सरकार भएको नभएको अनुभव गर्न सकेका छैनन् ।सरकारले नागरिक सुरक्षा र सुविधा दिन सकेको छैन।संघीयताको नाममा मुलुकले २६ खर्ब बढी ऋणको भारी बोकिरहेको छ। लाखौं जनताको कन्तविजोग छ। सरकार केही मुठ्ठी भरका माफियाको मादलको तालमा नाँचिरहेको छ।
उनका अन्धभक्त कार्यकर्ता बाहेक सबैले सरकार असफल भएको भनिरहँदा पनि सरकार रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको तालमा छ।सरकार सत्ता टिकाउन विपक्षी सिध्याउन अनि देश रित्याउनमै उद्दत छ।जहिलेसम्म यो सरकार रहन्छ ,त्यहीलेसम्म देश पनि नरहने खतरा उत्तिकै छ। जनता बाकावीरका कथा सुन्न विवश भइरहने छन् ।








