६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

राप्रपा सांसद दीपक बोहोराको निधन


१८ चैत्र २०८१, मंगलबार  



राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का‍ सांसद दीपक बोहराको निधन भएको छ।

राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

रुपन्देही क्षेत्र नम्बर( १ बाट निर्वाचित सांसद बोहरा पूर्वमन्त्रीसमेत हुन्।

उनको शवलाई भैरहवा लैजाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।

केही समयअगाडि मात्र उनकी छोरीको निधन भएको थियो।

पञ्चायत कालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी कमै उमेरमा मन्त्री बनेका थिए।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ११ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित