२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

साढे तीन दशकपछि राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला


२३ असार २०८२, सोमबार  



कर्णालीको हुम्ला जिल्ला ३४ वर्षपछि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

हुम्लाको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रमबीच उदघाट्न गरेपछि हुम्ला औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

प्रधानमन्त्री ओलीले हुम्लाको खार्पुनाथस्थित चुवाखोलामा निर्माण सम्पन्न भएको ५१.८० मिटरको बेलिब्रीज उदघाट्न गरे पछि हुम्ला देशभरको सडक सञ्जालसँग जोडिएको हो । उक्त बेलिब्रीजको निर्माण नेपाली सेनाले गरेका हुन् ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा पहिलो पटक यो सडक खण्डको शिलान्यास गरेका थिए । शिलान्यास भएको ३४ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय राजमार्गसँग जोडिएको हो ।

सल्लीसल्ला–सिमिकोट सडक खण्डको सबैभन्दा अप्ठयारो कडा चट्टाने भिर छारे भिरमा सेनाले आर्थिक वर्ष २०८०÷८१ मा ८।५ किलोमिटरको ट्रयाक निर्माण गरेसँगै र खार्पुनाथस्थित चुवा खोलामा बेली ब्रीज निर्माण पश्चात नियमित रुपमा हुम्लाको सदरमुकाम सिमिकोटहुँदै हिल्सा नाका९सिमकोट–हिल्सा ९५ किलोमिटर० सम्म यातायात सञ्चालन हुने बाटो खुलेको हो ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले ३५ दिनको अवधीमा उक्त पुलको निर्माण सम्पन्न गरेको हो । पुल निर्माण गर्न करिब ४ करोड रुपैयाँ खर्च भएको थियो ।

तत्कालिन पञ्चायती सरकारले २०४२ सालमा यो सडक खण्डको सम्भाव्यता अध्ययन गरेको थियो । कर्णाली करिडोर सडक खण्डको हुम्लाको खार्पुनाथस्थित चुवाखोलामा ५१।८० मिटरको बेलीब्रीज निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशको विकट यो हिमाली राष्ट्रिय सडक सञ्जालमा जोडिएको सडक विभागका उपनिर्देशक तथा प्रवक्ता इन्जिनियर प्रभात झाले जानकारी दिए ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कार्यकालमा कर्णाली कोरिडोरको हुम्ला सल्लीसल्लामा २०८० मंसिरमा ४८।६ मिटरको एउटा बेलिब्रीज निर्माण भएको थियो । त्यसको शिलन्यास तत्कालिन मन्त्री ज्वालाले गरेका थिए । यो पुलसहित २०८१ असोजमा बाजुराको पिलुचौरमा ४८।६ मिटरको गरी दुईवटा बेलिब्रीजको निर्माण सम्पन्न भएको थियो ।

सडक विभागकाअनुसार यो राजमार्ग बाँकेस्थित क्षेत्र रुपैडिया (जमुनाह) नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुँगिन्छ । ४१० किलोमिटर दूरी भएको यो सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोडिनेछ ।

यो सडक खण्ड अहिले पक्की भएर स्थायी रुपमै सञ्चालनको लागि तयार भइसकेको छैन । अहिलेसम्म कच्ची सडक मात्रै छ । यहि कच्ची सडकमा फोरह्वीलर गाडीहरू तथा ठूला बसहरु गुडाएकाले कर्णाली राजमार्गमा दुर्घटना पनि अत्यधिक भइरहेको छ । कर्णाली राजमार्ग मृत्युमार्गको रुपमा पनि परिचित छ ।

विभागका अनुसार कर्णाली कोरिडर९खुलालु–लैफु–सिमकोट–हिल्सा० अन्तर्गत दक्षिणी लोकमार्गको रुपमा ५२१ किलोमिटर दूरी भएको जमुनाह–नेपालगञ्ज–बांगेसिमल–खुलालु–सलीसल्ला–हिल्सा–सिमकोट सडक खण्ड हो । यो सडक खण्ड राजमार्गअन्तर्गत एनएच ५८ अन्तर्गत पर्छ ।

यो सडक योजनाले मुलुककै विकट जिल्लाहरु कोलिकोट, बाजुरी र हुम्लाको कठिन भौगोलिक बनावट र यातायातको पहुँच अभावका कारण दुर्गमको रुपमा पछाडि परेका गाउँवस्तीमा यातायात पहुँचको सुनिश्चितता प्रदान गरेको विभागको भनाई छ ।

‘खुलालु–लैफु–सिमकोट–हिल्सा सडक योजना मुलुकको दक्षिणको भारतको सीमा रहेको रुपैडिया र उत्तरको चीनको हिल्सा सीमा जोड्ने अवधारणाअन्तर्गत त्रिदेशिय व्यापारिक मार्गको रुपमा विकास गरी मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले निर्माण भएको हो,’ प्रवक्ता झाले भने,‘आर्थिक वर्ष २०६९÷७० मा हुम्लाको सिमकोटमा योजना कार्यालय सञ्चालनपछि निर्माण कार्य दु्रतगतिमा अगाडि बढेको हो ।’

सडक योजनाअन्तर्गत कालिकोट जिल्लाको खुलालु (कर्णाली राजमार्गको च्यानेज २४४ जमुनाहबाट) बाट हुल्ला जिल्लाको सदरमुकाम सिमकोट हुँदै उत्तरी सिमानासम्म ट्रयाक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।

यो सडक खण्डले कालिकोटको नरहरिनाथ गाउँपाकिलाको खुलालुदेखि सान्नी त्रिवेणी गाउँपालिका, रासकोट नगरपालिकार पातल झरना गाउँपालिकाहुँदै बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका तथा हुम्लाको ओदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका, ताजकोट गाउँपालिका, चंखेली गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सिमकोट गाउँपालिकाहुँदै नाम्खा गाउँपालिकाथित हिल्सासम्मको क्षेत्रलाई जोडेको छ ।

यसैगरी हाल रुपडियादेखि कोहलपुरसम्म(२२ किलमिटर)एडीबीको सहयोगमा ४ लेनको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा छ । यस्तै कोहलपुरदेखि सुर्खेतका बाँगेसिमलसम्म(८६ किलोमिटर) २०३३ सालदेखि इन्टरमेडीयटदेखि दुई लेनसम्म सञ्चालनमा छ ।

बाँगेसिमलदेखि खुलालुसम्म(१३६ किलोमिटर)को कर्णाली राजमार्गको सडक खण्ड २०६४ सालदेखि इन्टरमेडीयट लेनमा ओटा सिल प्रविधिमार्फत कालोपत्रे स्तरमा निर्माण भएर सञ्चालनमा छन् ।

खुलालुदेखि सल्लीसल्लासम्म १२३ किलोमिटरमध्ये १.५ किलोमिटर सिमेन्ट कंक्रिट सतहको सडक र ३० किलोमिटर ग्रावेलस्तरमा निर्माण भएर सञ्चालनमा छ । खुलालुदेखि सल्लीसल्ला सडक खण्डको च्यानेज ३० देखि ४५ सम्म९घाटचौरदेखि भुक्का खोलासम्म करिब ११ किलोमिटरको ट्रयाक निर्माण नेपाली सेनाले गरिरहेको छ । यसमध्ये हालसम्म सेनाले ६ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको प्रवक्ता झाले जानकारी दिए ।

यो सडक खण्डको बाजुराको पिलुचौरदेखि हुम्लाको तुम्चसम्म ५० किलोमिटर लम्बाईमा कालोपत्रे सडक निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा ठेक्का लगाइएको छ । तुम्चदेखि सल्लीसल्लासम्म १३ किलोेमिटर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा ठेक्का व्यवस्थापन गरिने विभागले जनाएको छ ।

यस्तै सल्लीसल्लादेखि सिमकोटसम्म ५१ किलोमिटरमध्ये सिमिकोट सदरमुका आसपास ८ सय मिटरको सडक खण्डबाहेक ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । सदरमुकाम सिमिकोटमा स्थानीय बासिन्दाले जग्गा मुआब्जाको माग राखेर अवरोध गर्दा उक्त ८ सय मिटर खण्डमा ट्रयाक खोल्न नसकिएको विभागले जनाएको छ ।

उक्त सडक खण्डमा प्रादेशिक पूर्वाधार विकास कार्यालयले निर्माण गरेको ७ किलोमिटर वैकल्पिक सडक प्रयोग गरी सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । हिल्सा–सिमिकोट(९५ किलोमिटर) मध्ये ८० किलोमिटर सडक ग्रावेलस्तरमा स्तरोन्नतिका लागि ठेक्कामार्फत हालसम्म हिल्सादेखि सिमकोटतर्फ विभिन्न खण्ड गरी ३० किलोमिटर ग्रावेल सडक निर्माण भइसकेको छ ।

यस्तै पानीपाल्वाङ्गदेखि इलिङ्गसम्म बाँकी १५ किलोमिटरको ग्रावेलस्तरमा स्तरोन्नतिको लागि आगामी आर्थिक वर्षमा ठेक्का व्यवस्थापन हुनेछ । त्यसैगरी खुलालु–सल्लीसल्ला–सिमकोट–हिल्सा सडक(२६९ किलोमिटर) मा ८ वटा बेलीब्रीजको निर्माण सम्पन्न भएको छ । यस्तै सडकमार्गमा हालसम्म २ वटा पक्कि पुल निर्माण भएको छ भने १२ वटा पक्कि पुल निर्माणाधिन अवस्थामा छन् । त्यस्तै विभिन्न स्थानमा सानादेखि ठूलासम्म ९ वटा पुल निर्माणको लागि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको प्रवक्ता झाले जानकारी दिए ।झाका अनुुसार सिमकोटदेखि हिल्सासम्म सडक स्तरोन्नतिको लागि उत्तरी छिमेकी मुलुक चीनको सहयोगका निर्माण हुने गरी सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित