२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

राेल्पामा एकै गाउँका ५ मजदुरकाे मृत्यु !


१६ मंसिर २०८१, आइतबार  


पर्खाल लगाउने क्रममा माटोको ढिस्कोमा पुरिदा राेल्पामा ५ जनाकाे मृत्यु भएको छ।

आइतबार बिहान करिब ९:५० बजेतिर सुनछहरी गाँउपालिका वडा नं.-३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनि पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आई काम गर्दै गरेका ५ जनालाई पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार, साेहि ठाउँका बर्ष ३१ को ओम परियार, बर्ष ४० की सुबित्रा परियार, बर्ष २७ की आईती परियार र बर्ष ६६ को देबिराम परियार रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहित कुमार शाहीले बताए।

सुनछहरी गाँउपालिका वडा नं.-३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि एल.बि.एण्ड पल्लभी जक्सन जेभि निर्माण सेवाले ठेक्का पाएकाे र निर्माण कार्यका लागि ७ जनाले काम गर्दै गरेको अबस्थामा माथिबाट माटाेकाे ढिस्काे खस्दा २ जना भाग्न सफल भएको र ५ जनालाई माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित