(सागर रावल )
काठमाडौं: विश्वले आफ्नो देशको गुणस्तर बढाउने क्रममा नेपाल अझै ओझेलमा छ। यसको पहिलो कारण बेरोजगार,भ्रष्टचार,धर्म प्रतिको राजनीति,विद्यार्थी राजनीति,शिक्षक राजनीति,भएकै कारण विकास क्षेत्रमा जोड दिने भन्दा घटाउने मार्ग बढी छ।
अझै सम्म विकासको अनेकौं कल्पना समेत गरेको यो देशको,समाजमा राम्रो पक्ष एउटा देखिन मुश्किल छ। गाउँमा शिक्षक आफ्नो पेशा छोडेर विद्यार्थीलाई राजनीतिक परिवेश,सिकाउन थाल्नुहुन्छ।यो देशको लागि केही गर्छु भन्ने विद्यार्थी आन्दोलन मार्फत आफ्नो जीवन शैली परिवर्तन गराउन पछि न हट्ने विद्यार्थीलाई पढाई सकेको हुन्छन् शिक्षक हरुले।
एउटा गाउँमा बुढो बा लौरो टेकेर हिड्ने उमेर सम्म एउटै पार्टीको एजेण्डा,र दलदलमा परेर मृत्युको मुखसम्म पुग्नु हुन्छ।जब छोरा छोरी घरको सबै सदस्य एउटै पार्टीको नारा लगाएर हुर्काएको बा आफ्नो जीवन समर्पण नै त्यो पार्टीको झोले, भिजिलान्ते बनेर सक्ने अवस्था समेत पुग्नु हुन्छ।
हामी हाम्रो गलत पक्षलाई धेरै र राम्रो पक्षलाई थोरै साथ दिने गर्छौ यो नै हाम्रो वास्तविक हो।आफ्नो जीवन असल नेतृत्वको गर्ने मान्छे र समाजको लागि केही गर्छु भन्ने मान्छे हामीले आज सम्म चुन्न सकेको छैनौं।पुर्खाले यो देशको बनोट बनाउने हिम्मत गर्नु भयो हाम्रो समय सम्म आई पुग्दा यो देशको भूगोल समेत तहस नहस पार्न सफल भएको छन् आजको नेता भनाउँदा हरू,तर पनि हामीले जिते पनि उनीहरू हारे पनि उनीहरूनै हाम्रो लागि महान सोचेर देश बचाउन भन्दा बिगार्न ठूलो सहयोग गरेका छौं। भोलिको सन्ततिको सार्वभौमिकतामा कुनै सानो हक अधिकार सुनिश्चित हुने छैन ,यही बाटो हामीले रोज्ने गरे एउटा शिक्षकको छोरा शहरको ठूलो बोर्डिङ स्कुलमा अध्ययन गरिरहेको बेला हामी भोटको सहायताको लागि नेताको पछि दौडिदाको अनुभूति जब हुन्छ तब हामी घरमा आमा बुबाको लागि फरिया र चोली फेर्ने पैसा हुँदैन त्यसपछिको एउटै रोजाइ हो बिरानो देशको खोजि,र उसलाई भोट हालेको ,र बाउ बाजेको पालादेखि पार्टी कुरेर बसेको,सही मान्छेलाई लडाएर एउटा भ्रष्ट मान्छेलाई साथ दिएको आखिर यही त हो यो देशको चलन ।
देशको राजनीतिक परिवेश हामीले सुल्झाउन अझै समय लाग्ने छ।

हिजो एक युवा, मेरो गाउँले भाई आफ्नो बुबाको अस्पतालको बेडमा बिरामीले छट्पटीदै गर्दा पैसाको अभाव र समयमा एम्बुलेन्स सेवा र औषधिको कमीले उहाको अल्पायुमै निधन भयो उहाँले पुस्तौं देखि एउटै पार्टीमा नेताहरुको झोला र झमेलामा परेर आफ्नो घरको रेखदेख गर्ने र छोराछोरीको पालनपोषण र भविष्य समेत हेर्न पाउनु भएन । यो समाजको खराब नीतिगत व्यवस्था सुधार नहुँदाको परिणाम एउटाले मात्र हैन हजारौ जनताको लागि दुःखको कारण बनेको छ। उहाँले आफ्नो अन्तिम शब्दमा भन्नु भयो ।तर घरमा हुर्की रहेको सानो छोरा बुबाको निधन भएको कुरा सुनेर लड्दै पड्दै खुई खुई गर्दै आफ्नो पिताको जलिरहेको चिता हेर्न बिवश भयो यो कसरी भयो भनेर त्यहाँ एउटा उहाँको पार्टीको मान्छे थिएनन् ,उपचार गर्ने एउटा रकम त परै जाओस् सोध्न समेत कोही आउनुभएन । ती साना बाबुहरुलाई अरु के थाह हुनु बस यति थाह थियो उसले आफ्नो बुबालाई आज उप्रान्त देख्ने र भेट्ने छैन ,सानो बाबुहरूलाई उसको आमाले बनिबुतो गरेर जसोतसो पालेकी छिन् उनका अरु पनी सन्तान थिए अब भोग्नु पर्ने थुप्रै जिम्मेवारी भए सानो गाउँ हुँदापनि जलाउन मसान घाट पुर्याउँछन् र थोरै थोरै सहयोग र पैसा उठाएर लास जलाउने समयमा एउटा पार्टीगत मान्छे आएर लासको अगाडी उहाँको क्रियाशील रहेको पार्टीको झण्डा गाड्नु पर्छ भनेर भन्दा केही मानिसहरूले हुँदैन भन्दा अरु नीतिगत मानिसहरूले गाड्ने काम गरे उसको जन्म देखि मृत्यु सम्म आफ्नो हो, मेरो पार्टीको मान्छे हो ,भनेर गन्ध दिने यो राजनीति गर्ने समाज देखि देशको माथिल्लो स्तरको शिक्षा,चेतना नै यही बन्न पुगेको छ।
जहाँ मरे जो मरे पनि रेख देखमा साथ नदिने मेरो पार्टीको क्रीयाशिल सदस्य थियो भनिएको छ,झण्डा ओडाउन लामै लस्कर लगाउने यो देशको लज्जास्पद पक्षलाई हामीले सामान्य रुपमै लियौ भने भोलिको दिनमा हामीले धेरै कुरामा घाटा बेहोर्न बाध्य हुनेछौं। यो मैले सानो उदाहरण दिए जस्तै अरुको नेता पार्टी पनी झण्डा बोकेर कुदिहाल्छन , रातभर अनिदो बसेर लास कुर्ने र सबै ब्यबस्थापन गर्ने ओड्ने च्यादर र दुःखमा साथ दिने काम नगर्ने यो देशको राजनीतिक परिवेश हामीले सुल्झाउन आफै डट्नु जरुरी देखिन्छ ।”दु:खमा साथ न दिने एक छिन् आएर झण्डा ओडाएर नेता हुने ???” “भरेदेखी पनी फेरी बाकी काम हामीले नै गर्नुछ ,” यो पार्टीगत स्वार्थ पुरा गर्ने भ्रष्ट्नेताहरु बाट टाढा हुन जरुरी छ।
झण्डा ओडाउदै गर्दा के यो झण्डावाला,यस् पार्टीका नेता,कार्यकर्ताहरुले यो बाबुको भवीष्यबारे सोचे होलान् त किन कसरी कलिलै उमेरमा झण्डा ओढाउनुपर्यो होला घोत्लिए होलान् कि अभिष्ट मात्रै यो सोच्न जरुरी छ।
त्यसैले हामीले रोजेको पक्ष दुःखको बाटो भएपनि सही ढङ्गले अगाडि चले एक दिन सफल हुनेछौ।यो देशको निम्ति हामीजस्ता लाखौं नेपालीको ज्यान धारापमा परेको छ। त्यसैले मेरो पार्टी तेरो पार्टीको एजेण्डा,नारा ,झण्डा,हेर्ने हैन सही व्यक्तित्व र सबैको आवाज उठाउने जनताको दुःख सुख बुझ्ने जननेता लाई हामीले समर्थन गरौं।








