२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

नेपालका विकास साझेदारहरूबाट दुई खर्ब दुई अर्व अनुदान प्रतिवद्धता !


८ पुस २०८१, सोमबार  


नेपाल सरकारलाई विकास साझेदार निकायहरूबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गएकाे आर्थिक वर्षको यही अवधिमा प्राप्त प्रतिबद्धता५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गएकाे वर्षको समान अवधिको तुलनामा ३० दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल ४४ अर्ब आठ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ४९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित