२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो,सरकारले


१० चैत्र २०८१, सोमबार  


सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको उनले मन्त्रीले बताएका हुन्।

सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । सरकार गठनको प्रारम्भदेखि निशानामा परेका कुलमान चैत ११ कोे मन्त्रिपरिषद् निर्णयबाट हटाईएका हुन्।सरकारको कदम विरू्द्ध न्यायालय जाने बाटो कुलमानसंग छ। अदालतले पुनर्वहाली गर्ने सम्भावना जिउँदै छ।

त्यसैगरी सरकारबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ८ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित