गएको बिहीबार भक्तपुरको गुण्डुबाट ओलीले जे अभिव्यक्ति दिए। उनको त्यो अभिव्यक्ति देश र जनताको हितमा भन्दा पनि आफ्नो अपराधको बचाउ मात्रै थियोे ।
परिवर्तनलाई ठाडै अस्वीकार गर्ने उनको यो अभिव्यक्तिले फेरि भिडन्तको लागि पाखुरा सुर्काएको प्रष्ट देखिन्छ । उनको सन्देश सरासर मुठभेडका लागि हो, भन्ने बुझिन्छ ।
देशको चार पटक प्रधानमन्त्री भैसकेको व्यक्तिमा यो खाले प्रवृत्तिगत अभिव्यक्ति खतराको संकेत हो।जेनजी विद्रोहलाई केही पनि होइन, भन्ने उनको अभिव्यक्ति देखियो।
जेनजी आन्दोलनमा भाग्ने बेला सेना बाहेक अरू कोही थिएनन् ,उनको ।दस दिनसम्म शिवपुरीस्थित सैन्य व्यारेकमा लुकेका उनी जब महेश बस्नेतको सम्पर्क आए तबदेखि उनीमा उहि दम्भ, अहंकार र अभिमान पुनः पलायो।एकताका माओवादीका वाइसीएलसंग भिड्न तयार पारिएका दस्ताका कमान्डर हुन् महेश बस्नेत । वाइसीएलको अराजकता तह लगाएका बस्नेत ओलीका परम पृय थिए ।
तर, २०७४ पछि दोश्रो पटक प्रधानमन्त्री ओली भएयता बस्नेतसंग उनी चिढिएका थिए। पछिल्लो समय शोभा पाठकसंगको सम्बन्धमा बस्नेत विवादास्पद भएपछि उनी थप चिढिएका हुन् ।यद्यपि ओलीकै संरक्षणमा बस्नेत विरू्द्धको किटानी जाहेरी प्रहरीले लिएको थिएन। यश अघि महेश बस्नेत आउट भएपछि ओलीले गोकुल बास्कोटालाई विश्वास पात्र मान्न थाले। एमाले भित्र ओलीलाई ‘बा’ बनाउने बस्नेत र बास्कोटा हुन्।
सांगठनिक, विचार र दृष्टिकोण भन्दा फौजी रणनीतिमा ओली विश्वास गर्छन् । संगठन ,विचार र दर्शन भन्दा मुठभेड गर्न र नेतृत्वको रक्षा गर्न सक्नेलाई ओलीले विश्वास पात्र मान्ने गरेको देखिन्छ । एक दशकदेखि एमाले भित्र एकछत्र शासन गरिरहेका ओलीलाई जेनजी आन्दोलनपछि पदमुक्त गर्न सकिने धेरै नेताहरूको अपेक्षा मात्रै होईन। दबाब पनि थियोे । गुण्डुमा पुगेर इश्वर पोखरेलसहितका नेताहरूले नेतृत्व पुस्तान्तरणको प्रस्ताव राखे।तर,ओली टसमस भए नन्। बरू बाचुन्जेल आफूले अध्यक्ष पद नछाड्ने जवाफ दिए।
ओलीलाई पद छोड्न दबाब दिइरहेका बेला महेश बस्नेत खास उनको सहयोगी बने।उनी सहयोगी मात्रै बनेनन्। एमाले भित्र ओली पछि महेश बस्नेत शक्तिशाली नेता बनेका छन् । एमालेमा योदान भन्दा ओ लीको बखान र एस म्यान बन्नेहरू शक्तिशाली नेता बन्छन् ।एमाले भित्र ९१ जना पोलिटव्यूरो सदस्य मध्ये एक हुन् महेश बस्नेत । पार्टीको संरचना अनुसार पोलिट व्यूरोमाथि ४१ स्थायी र १९ पदाधिकारी हुन्छन् । तर,गुण्डुमा ओलीलाई सुरक्षित आश्रय स्थल दिन र उनको सुरक्षाका लागि लडाकु दस्ता बनाउन सकेकाले उनी एकाएक ओलीको मन जित्न सके भने एमालेमा ओलीपछि उनी शक्तिशाली नेताका रूपमा देखिए।
यद्यपि महासचिव शंकर पोखरेल ओलीका खास सहयोगी हुन।उनी ओलीको अहंकारी विचारलाई आफ्नो र एमालेको विचार ठान्छन् ,ओलीलाई समकालीन नेतामा अब्बल मान्छन्।तर,गुण्डुमा एमालेको अस्थायी हेडक्वार्टर बनाएका बस्नेत ओलीका खास पात्रका रूपमा देखिएका छन् ।
बालुवाटारबाट लखेटिएपछि गुण्डुमा आश्रय लिइरहेका ओली महेश बस्नेतकै बलले विगतको अहंकार र अभिमान बौराउन सकेका हुन्। उनले बिहीबार गुण्डुबाट सरकारलाई चुनौति दिए। जेनजी आन्दोलनलाई अपमान मात्रै गरेनन्, अस्विकार गरिदिए।
देशमा भएको नरसंहार र विध्वंसमा एक रति पनि नैतिक जिम्मेवारी लिन चाहेनन् ,बरूअरूलाई ताछेर आफू सच्चा राष्ट्रवादी र जनपक्षीय भएको चर्चा गरे।सिंगो देश ओली शासन र उसले सिर्जना गरेको परिस्थितिप्रति कडा विरोध गरिरहेका छन् । उनी पार्टी र सत्ता राजनीतिमा दोहोरिनु कदापि स्विकार्य हुन्न भनिरहेका बेलामा महेश बस्नेतकै भरोसामा ओलीले डंका पिट्दै छन् ।
मुख्य दल कांग्रेस र माओवादी चुनावतिर जाने जोरजुलुम गरिरहँदा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनामा जोड दिए।बिहीबारको ओली अभिव्यक्तिले मुलुकलाई अझै अप्ठ्यारो बाटोमा लैजाने देखिन्छ ।नरसंहारको आरोपको भारी बाकेर जे जसरी जेनजी आन्दोलनको हुर्मत लिए ।
यसले राष्ट्रिय एकता होइन ,थप भिडन्त निम्त्याउने खतरा देखिन्छ ।शासन सत्तामा भएको कमजोरीलाई स्विकार्दै संयमता र धैर्यता अप्नाउनुको साटो उत्तेजना ,आवेग र प्रतिशोधले विनाश भन्दा अरू के पो हात लाग्ला र








