३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

सरकार! मृत्यु शाेकमा पनि विभेद ?


१० श्रावण २०८१, बिहिबार  


गएको असार २८ गते शुक्रबार बिहानै दुइवटा बसे खसे त्रिशुलीमा । ६५ जना सवार यात्रु मध्येको अझै केहीको सास त आश मरिसक्यो लास भेटिएको छैन झण्डै दुइ हप्तामा पनि । त्रिशुली पहिरोको भयानक दुघर्टनापछि फेरि बुधबार आकाशमै ज्यान गयो १८ नागरिकको । त्रिशुलीको घाउ आलै रहेको बेला अर्का दुर्घटनाले थपिदियो पीडा ।

६५ यात्रु मध्ये त्रिशुली पहिरोमा हराइरहेकाहरुको सबैको शव भेटिएको छैन।सरकारी उदाशीनताकै पराकाष्ठ हो यो । आफ्ना नागरिक पहिरोमा हराएकोप्रति रत्तिभर चिन्तित देखिएन सरकार। यदि सरकार त्रिशुली पहिरोमा हराएकाहरुप्रति संवेदनशील हुन्थ्यो भने, जिउँदो सास नभेटाएपनि लास त भेटिनेथियो यतिबेलासम्म सबैको अवस्य नै ।

तर, दुइ हप्ता भैसक्दा पनि त्रिशुलीमा शव खोजिरहेको सरकारले बुधबार विमान दुर्घटनाको शोकमा भने बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय ग¥यो । हवाइ दुर्घटनाप्रति सरकार जति गम्भीर भएरै रािष्ट्रय झण्डा आधा झुकाउने र छानविन समिति बनाउनेतिर लाग्यो। त्यत्ति सरकार त्रिशुली पहिरोमा हराइरहेकाहरुको शोकमा भने न राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय ग¥यो न छानबिन समितिलाई तदारुकता दिन नै पहलकदमी देखायो ।

यद्यपि यस पटक मात्रै होइन, सरकारी विभेदकारी व्यवहार । यस अघिका यस्ता सडक दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा पनि झुकाएन राष्ट्रिय झण्डा सरकारले, न त प्रभावकारी छानविन समिति बनाएर दुघर्टना न्यूनीकरणमा लाग्यो । त्यसैको निरन्तरतास्वरुप त्रिशुली पहिरोमा खस्नेहरुको मृत्युलाई पनि सरकारले सामान्य मान्यो। तर,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएकोप्रति भने निकै गम्भीर बन्यो। घाइतेहरुलाई अस्पतालमै भेट्न पुग्यो। परिवारजनमा सान्त्वना दियो । यो सरकारको दायित्व र कर्तव्य थियो र हो पनि । यसलाई अन्यथा कदापि मान्न सकिन्न। किनकी पीडामा भरोसा भर्ने भनेको नै सरकारले हो ।

तर, सडक दुर्घटना भएकाहरुप्रति एकरत्ति पनि शोक शब्दसंगै अभिभावकत्व देखाउन सकेन सरकारले । दुबै घटना अपृय थिए र हुन्। यी दुबै घटनाले नेपालको यात्रा कति असुरक्षित छ,भन्ने सन्देश दिएका छन्। हाम्रो धर्ती र आकाश कहि कतै पनि सुरक्षित छैनन् भन्ने यो अपृय सन्देश हो । यस्तो नियती भोग्नुको कारण हाम्रा खराब नीति र फितलो राज्य संयन्त्र हो । फितलो र गैर जिम्मेवार राज्य संयन्त्रकै कारण यस्ता भयानक दुर्घटना देख्न र भोग्न परेको छ, हरेक नेपालीले पटक– पटक । तर, दुबै घटनाप्रति सरकारको दृष्टिकोण र व्यवहारमा भने ठूलो विभेद देखियो र देखिदै आएको छ।

एउटै मृत्युमा पनि सरकारले आकाश र धतीको विभेद ग¥यो र गर्दै आएको छ। त्यसको पछिल्लो उदाहरण हो,त्रिशुली पहिरोमा हराइरहेका र त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेकाहरुप्रति सरकारले देखाएको विभेदकारी व्यवहार । सरकारका लागि सडक पहिरोले बगाएर नदीमा खस्ने होउन्, या आकाशमा हवाइ दुर्घटना भएर जल्नेहरु हुन्। यी दुबै एउटै नागरिक हुन् र हुनुपर्ने हो। दुबै घटनाले सरकारको हृदय दुख्नुपर्ने थियो । विडम्बना, सरकारका लागि त्रिशुली पहिरोमा बेपत्ता हुनेहरुको भयानक मृत्यु सामान्य जस्तै लाग्यो । किनकी उनीहरु अक्सर गरेर गरिब र विपन्न थिए, राज्य सत्तामा प्रभाव र पहुँच पुराउन सक्ने थिएनन्। उनीहरु अक्सर हवाइ सेवा लिन सक्नै हैसियतका पनि थिएनन्। जसकारण सरकारलाई त्रिशुली दुर्घटनाले छोएन अनि दुइ हप्तासम्म पनि बेपत्ताहरुको लास भेटाउने प्रयत्नै देखाएन ।

अक्सर गरी पैसा हुनेहरुले हवाइ सुविधा लिन्छन्, विपन्न र गरिबहरुले सडककै कष्टपूर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, विवश छन्। तर, उनीहरु सडक यात्रामै ज्यान गुमाए भने सरकारलाई पटक्कै दुख्दैन। कारण, सरकारी संवेदना धनीहरुका लागि मात्रै हुन्छ, यो देशमा । यति भनिरहँदा विमान दुर्घटनाप्रति असंवेदनशील होस् भन्ने अर्थ कदापि होइन र हुनुपनि । मृत्युका सवालमा दुबै घटनाप्रत िसरकारको एकै व्यवहार होस् भन्ने हो । एकै मृत्युमा पनि सरकारले देखाएको यो विभेदकारी व्यवहारमाथिको प्रश्न हो।

मृत्युमा पनि आकाश र धर्तीबीच फरक देखाउने असंवेदनशील सरकारप्रति हो । यसर्थ सरकार दुबै घटनाप्रति उत्तिकै गम्भीर र जिम्मेवार बनोस। सबै नागरिक उसका लागि बरोबरी हुन् भन्ने सन्देश दिन सकोस् । यति अति संवेदनशील कुराप्रति चिन्तित बनोस्। यसको साथै सडक र हवाइ क्षेत्रमा भइरहेका यस्ता भयानक दुर्घटनालाई न्यूनीकरणमा टालटुले प्रवृत्ति नदोहो¥याओस्। त्रिशुली पहिरोमा पुरिएका र हवाइ दुर्घटनामा मृत्यु भएकाहरुप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्य लाभका कामना।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ५० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित