२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

मेलम्ची भ्रष्टाचारमा सचिव सहित ४ जना दाेषी ठहर, १० जनालाई सफाइ


२५ भाद्र २०८१, मंगलबार  


 बहुचर्चित र बहुविवादित मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन्,भने १० जनाले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई भ्रष्टाचार गरेको दोषी ठहर गरेको हाे, भने अन्य र१० जनालाई सफाइ दिएको छ । 

यसमा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् भने पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका हुन्। 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ५० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित