२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुमिरे टुर्स एण्ड ट्राभल्सको जापानमा मानव तस्करी,भिजिट भिसाको नाममा अर्बौं असुली !


१४ असार २०८२, शनिबार  


भिजिट भिसा प्रकरणमा राजनीति र समाज विभाजित भएको बेला जापानमा टुर्स एण्ड ट्राभल्सका नाममा मानव तस्करी भएको खुलासा भएको छ।

शनिबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले भिजिट भिसाका नाममा जापानमा मानव तस्करी भएको खुलासा गरे।उनले भिजिट भिसाका नाममा रास्वपा नेताको संलग्नता भएको आरोप लगाएका छन् ।

उनले सुमिरे टुर्स एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं रकम असुल गरेको संसद बैठक खुलासा गरिदिएका हुन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा अर्बौं रकम असुली गरेको आरोप लगाए। जापानमा मान्छे पठाएर रास्वपा चलेको आरोप लगाउँदै उनले रास्वपाका नेताको संलग्नता रहेको पनि दाबी गरे।

संसदीय समितिका सभापति समेत रहेका उनले गृहमन्त्री रमेश लेखक विरूद्ध रास्वपाले संसद अवरुद्ध र बहिष्कार गर्दै आएको विषयमा प्रतिवाद गर्दै आएका छन् । गृहमन्त्री लेखक परोक्ष र संरक्षणमा लाखौं युवाबाट रकम असुली भएको तथ्य बाहिरिएको थियोे । अध्यागमन विभागमै छुट्टै सफ्टवेर राखेर दैनिक ५० लाख रकम असुली गरिएको विषयमा रास्वपाले गृहमन्त्री लेखकको राजिनामा र उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ। सरकारले पूर्व मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा छानबिन समिति बनाएको छ। तर, समिति गठनप्रति पूर्ण असहमत राख्दै आएको रास्वपाले शनिबार पनि संसदमा आफ्नो निरन्तर विरोध कायम राख्यो।

यसलाई प्रतिवाद गर्न कांग्रेस सांसद खतिवडाले जापानमा मान्छे पठाउनेहरूले यस्ता पार्टीलाई सघाएको आरोप लगाएका हुन्। उनले आरोप लगाएका त्यस्ता व्यवसायी हुन्, दीपेन्द्र खनाल । दीपेन्द्र खनाल सुमिरे टुर्स एण्ड ट्राभल्सको प्रबन्ध निर्देशक हुन्। उनी रास्वपा सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालको नातेदार भएको बताइएको छ।


भिजिट भिसा प्रकरणले कांग्रेस ,एमाले र रास्वपाबीच विवाद उत्कर्षमा पुगेको छ। कांग्रेस सांसद खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्सले अर्बौं रकम उठाएको आरोपको खण्डन यो सामग्री तयार पार्दासम्म कसैले गरेको छैन।

कांग्रेस सासद खतिवडा भने जस्तै सुमिरे टुर्स एण्ड ट्राभल्सले जापानमा भिजिट भिसाको निरन्तर प्रचारप्रसार पनि गरिरहेको छ। काठमाडौको सोह्रखुट्टेमा कार्यालय रहेको यश कम्पनीले जापान भ्रमणको प्याकेज बेचिरहेको छ।

यश विषयमा प्रतिक्रिया लिन हामीले सुमिरे टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक दीपेन्द्र खनाललाई सम्पर्क गरेका थियौ । तर उनी हाम्रो सम्पर्कमा आएनन्।००००

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ५० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित